वाँके १३ बैशाख ।अक्सिजन अभाव भैरहेको भन्ने खबर सार्वजनिक भैरहेका बेला वास्तविकता बुझ्न बाँके परसपुरमा रहेको र नेपालकै ठूलो मध्यको एक “एच। ओ। अक्सिजन इन्डष्ट्रिज“ को अनुगमन गरिएको छ ।अनुगमनकर्ता अधिवक्ता बसन्त गौतमले उद्योगका म्यानेजर दिपक केसीलाई उदधृत गरि दिएको जानकारी अनुसार, बजारमा हल्ला भए जस्तो उद्योगमा अक्सिजनकोको कमी छैन ।
नियमित बिद्युत आपुर्ति भैरहे अक्सिजनको कुनै अभाव हुँदैन । हाल माग नभएका कारण उद्योगको क्षमता अनुसारको उत्पादन अझै हुन सकेको छैन । यस हिसावले हेर्दा अक्जिनको कमी भनेर आत्तिनु पर्ने अवस्था छैन ।अनुगमनबाट निम्न कुराहरुको अवगत भएको अधिवक्ता गौतमले जानकारी दिएका छन् ।अक्सिजन नियमित उत्पादन भैरहेको । बिद्युत आपुर्तिमा सहजता भए । अक्ससिजन उत्पादनमा कुनै कमि नहुने । एक दिन बिद्युत गएमा भए । उत्पादनमा गंभिर असर परि अक्सिजन अभाव हुने उद्योगले जनाएको छ । उद्योगले २४ घण्टामा ११ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्ने क्षमता रहेकोमा हाल दैनिक ८ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन गरिरहेको छ ।
यस हिसावले हेर्दा क्षमता भन्दा कम खपत भैरहको र माग बढेमा उत्पादन बृद्धि गर्न सकिने उद्योगले जनाएको छ। भेरी अस्पतालले यस अघि दैनिक ४०, ५० सिलिण्डर अक्सिजन लाने गरेकोमा हाल २०० देखि ४०० सिलिण्डरसम्म लाने गरेको र भेरी अस्पताल लगायत नेपालगंजका अन्य अस्पतालबाटगरि दैनिक सरदर ४ सय सिलिण्डर माग हुने गरेको माग बमोजिम अक्सिजन ग्यास सिलिन्डर सहजरुपमा आपूर्ति भैरहेको पाइएको छ । अक्सिजन सिण्डर सोलसेल मुल्य ठुलो सिलिण्डर ६ सय र सानोको ४ सय रहेको छ अनुगमन टोलीले उल्लेख गरेकोछ ।
नेपालकै ठुलो अक्सिजन उद्योग भएकाले बुटवल देखि महेन्द्रनगरसम्म अक्सिजन निर्यात हुने गरेको भन्दै बुटवलमा पनि एक उद्योग रहेकोमा त्यहाँ उत्पादन बन्द हुदा यहि उद्योगबाट माग गरि बितरण गर्ने गरेको उद्योगले जनाएको छ ।यता अक्सिजन राख्ने सिलिण्डर भारतको भन्दा चिनको उत्पादन राम्रो रहेको वताउदै सिलिण्डरको कमीका कारण क्षमता भन्दा ३०० सिलिण्डर कम उत्पादन गर्न सकिएको ।उद्योगले जनाएको छ ।
अक्सिजनको अत्याधिक माग भैरहेको अहिलेको अत्यन्त जटिल र समवेदनशील समयमा नागरिकको जिउ ज्यानको सुरक्षालाई ध्यानमा राखेर अक्सिजनको कमि नहुने गरि माग बमोजिम पूर्णक्षमतामा सन्चालन गर्न उद्योगलाई अनुगमन टोलीले सुझाव दिइएको वताइएको छ ।अनुगमनमा अधिकारकर्मी वसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल सोही कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया