पर्यटन

लुम्विनीका यी २ शहर सहित देशभरमा १२ स्मार्ट सिटी बनाउन हरेकलाई १/१ अर्व बजेट



दाङ, १३ बैशाख । सरकारले दाङको तुलसीपुरसहित देशका १२ ओटा स्थानलाई स्मार्ट सिटी बनाउने भएको छ । संघीय मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले तत्काल वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।सरकारले बजेट सुनिश्चितता गर्दै देशका विभिन्न १२ ओटा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको हो । दैलेखको दुल्लु, दाङको तुलसीपुर, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढी, स्याङ्जाको वालिङ र रुपन्देहीको लुम्बिनीलाई स्मार्ट सिटी बनाउने निर्णय गरेको छ ।

त्यस्तै झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर एवं मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको भवन निर्माण विभागले जनाएको छ । वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयले बताएको छ ।सरकारले प्रत्येक सहरका विकासका लागि १÷१ अर्ब रुपैयाँका दरले १२ अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय गरेरको छ । तर यसअघिको सरकारले विसं २०७४ असार २८ मा गरेका निर्णयमा विशेष महत्वसाथ स्मार्ट सिटी बनाउने केही सहरलाई यस पटकको निर्णयमा हटाएको छ ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६