काठमाडौं, १३ बैसाख । शैंया अभावसँगै जनशक्ति अभावमा कोरोना संक्रमित उपचारबाटै बञ्चित हुने अवस्था आएपछि बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाइने भएको छ । स्वास्थ्य मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी तत्काल पठाउने निर्णय गरेको हो ।
आइतबार मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा महेन्द्र श्रेष्ठले स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे मन्त्रालयमा जानकारी गराएका थिए । त्यसपछि थप स्वास्थ्यकर्मी पठाउने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट ९एचडीयू० बनाउन सामग्री दिने निर्णय भएको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् ।
प्रतिक्रिया