ब्रेकिंग न्युज

जसपा संसदीय दलवाट यादव फालिए ,नयाँ पदाधिकारीले जिम्मेवारी पाए



रुपन्देही १४ बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । यसअघि नै दलका नेता सहशराम यादवला्रई कारवाही गरेर जसपाले फालिसकेको थियो  । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन गरेको छ ।

संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय प्रदेशसभा सचिवालयमा पठाइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका संसदीय दलका नेता पाण्डेयले जानकारी दिनुभयो । यसरी उपनेता, प्रमुख सचेतक र सचिव चयन गरिका सबै हालै शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्रीहरु हुन् । ६ सांसद रहेको जसपा नेपालका ४ सांसदको हस्ताक्षरमा नेताहरु चयन गरिएको हो । उक्त बैठकमा नगएका दुई जनाले भने उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।

सुरुदेखि जसपा संसदीय दलको नेता रहेका सहसराम यादवले उपनेता र प्रमुख सचेतक छनौटको विरोध गरे । उहाँले संसदीय दलको विधानमा दुई वर्षसम्म दलको नेतालाई हटाउन नमिल्ने स्पष्ट उल्लेख भएको बताउनुभयो । पार्टीको निर्णयबिना सरकारमा सामेल भएका चारजनालाई कारवाहीका लागि आफूले पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको र छिट्टै निर्णय आउने उनले बताउनुभयो ।

प्रकाशित : १४ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६