अर्थ-वाणिज्य

बुटवलको अवस्था भयाभह: परीक्षण गरिएकोमा ९८ प्रतिशत पोजेटिभ



बुटवल १४ बैशाख ।लुम्विनी प्रदेशिक अस्पतालका डा. प्रशान्त आचार्यले मंगलवार साझ एक फेसबुक स्टाटश लेखे ‘रुपन्देहीमा २४ घण्टामा परीक्षण गरिएको केशमा ९८ प्रतिशत कोरोना पोजेटिभ’ । यो वास्तविकता वनेसंगै एक भयाभहको अवस्था आएको छ । प्राप्त विवरण अनुसार  रुपन्देहीमा एकैदिन ४१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ८७ पुगेको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार बेलुका सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या बढेर १ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा थपिएका ४१९मध्ये सबैभन्दा धेरै बुटवलका छन्।पछिल्लो २४ घण्टामा बुटवलका २१३ जना, तिलोत्तमाका १०८, सिद्धार्थनगरका ४३ जना, सैनामैनाका १६ जना, देवदहका १४ जना, सुद्धोधनका ७ जना, समरीमाइका ५ जना, कञ्चनका ४ जना, ओमसतियाका २, रोहिणी, लुम्बिनी, कोटहीमाई, मायादेवी, गैडहवाका १–१ जना थपिएका छन्। 

प्रकाशित : १४ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६