अर्थ-वाणिज्य

कोरोना कहर :कपिलवस्तुमा होटेल व्यवसायी र कांग्रेस नेताको दुखद निधन



कपिलवस्तु १४ बैशाख । कपिलवस्तुमा मंगलवार २ जना कोरोना संक्रमितको दुखद निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश चन्द्र घिमिरेका अनुसार बाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिकाका कोरोना संक्रमितको निधन भएको छ । बुद्धभुमी नगरपालिका वडा नं. २ गोरुसिंगेका ५० वर्षिय होटेल व्यवसायी कर्ण बहादुर गुरुङको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ । 

यसै गरी बाणगंगा नगरपालिका वडा नं. ११ वस्ने नेपाली कांग्रेस निकट मुस्लिम संघका जिल्ला अध्यक्ष अर्सद कमालको निधन भएको छ ।उहाँको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा मृत्यु भएको बताइएको छ । उहाँ संघिय सांसद अतहर कमालको कान्छो भाई समेत हुनु हुन्छ । यो थप भए सँगै जिल्लामा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यसै गरी कपिलवस्तुका सकृय कोरोना संक्रमितको संख्या २५६ पुगेको छ । राजमार्ग क्षेत्र र कपिलवस्तु नगरपालिका भित्र धेरै संक्रमित भेटिएको फोकल पर्सन घिमिरेले बताउनु हुन्छ । मंगलबार बुद्धभुमी नगरपालिका वडा नंं ९ स्वास्थ्य चौकीका सवै स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बुद्धभुमी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताउनु भयो । 

कपिलवस्तुमा शिवराज, बुद्धभुमी, बाणगंगा, कृष्णनगर र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएका छन् । स्थास्थ्य कार्यालयका अनुसार महाराजगञ्ज नगरपालिका तथा यशोधरा, शुद्धोदन र मायादेवी गाउँपालिकाले कोरोना परिक्षणमा चासो दिएका छैनन् । 

प्रकाशित : १४ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६