जीवनशैली

बैशाख भित्रै लुम्विनीमा ३ मन्त्री थप्ने तयारी



बुटवल १५ बैशााख । १९ बैशाखमा मुख्यमन्त्री शंकर पोखरेलले आफ्ना विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान भएसंगै ३ जना मन्त्री थपगर्ने तयारी रहेको श्रोतले दावि गरेकोछ । प्रदेश सरकार गठन भएको ३ बर्षपछि लुम्विनी प्रदेशको मन्त्री परिषदको आकार पुनः बढने भएको हो ।आफु सेफजोनमा गएको महसुुस गरेसंगै मुख्यमन्त्री पोखरेलले मन्त्रीपरिषदको आकार बढाउन लागेका हुन ।मुख्यमन्त्री शंकर पोखरेलले आफुसंगै राखेको आर्थिक  मामिला तथा योजना मन्त्रालय केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका बैजनाथ चौधरीलाई सुम्पेका थिए ।

अव मुख्यमन्त्री शंकर पोखरेल नया मन्त्रालयका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र सहरी बिकास तथा गरिवी निवारण मन्त्रालयमा मन्त्री नियुक्त गर्ने योजनामा रहेका छन । त्यसमाथी केही राज्यमन्त्री र सहायक मन्त्री थपिने छन ।मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्री माथी प्रस्तुत भएको अविश्वास प्रस्तावको छिनोफानो हुना साथ मन्त्रीपरिषद पुर्नगठन हुन्छ । अव बन्ने मन्त्री मण्डलमा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका दधिराम न्यौपाने(माधव शर्मा), कपिलबस्तुका बिष्णु पन्थी र  प्युठानका हरी रिजाल समावेश हुने वताइएकोछ ।

मन्त्री बन्न पार्टिका मुख्य सचेतक भुमिश्वर ढकाल,अर्घाखांचीका चेतनारायण आचार्य र बर्दियाका बलदेव पोखरेल समेत आकांक्षी रहनु भएको छ । न मन्त्रालयको संख्या, भौगोलिक र राजनितीक अवस्थाको सन्तुलन मिलाउनु पर्ने हुदा उल्लेखीत सबै मन्त्री हुने सम्भावन कम रहेको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ  ।सरकारमा समेत सहभागी माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संगै जनता समाजवादी पार्टिको एउटा समुहले मुख्यमन्त्री पोखरेल बिरुद्ध अबिश्वास प्रस्ताव पेश गरेका छन ।

केही दिन अघि जनता समाजवादी पार्टिका संसदीय दलका नेता संन्तोष पाण्डेय, उपनेता बिजय बहादुर यादव संगै कल्पना पाण्डे र सुमन शर्मा रायमाझी मुख्यमन्त्री पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका छन ।मन्त्रीपरिषदमा को को जाने भन्ने टुंगो लागेको छैन त्यो काम पार्टिसंगको समन्वयमा मुख्यमन्त्रीले गर्नु हुनेछ सचिवालयले भन्यो ।मुख्यमन्त्रीको सचिवालयका अनुसार मन्त्रीमण्डल बिस्तार गर्ना साथ तत्काल आवश्यक पर्ने पुर्वाधारहरुको अभावका कारण पनि मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको हो ।

मन्त्री बनाएर मात्रै भएन, मन्त्रीहरुका लागि आवश्यक कार्यालय, निवास, सवारी साधन, कर्मचारीको ब्यवस्थापन तत्कालै कठिन छ त्यसैले ढिला भएको हो सचिवालयले भन्यो ।अहिले कोरोनाका बिरुद्ध योजनाबद्ध लडाई लडनुपर्ने अवस्था छ त्यसका कारण पनि मन्त्री मण्डल बिस्तारमा ढिला हुने सम्भावना छ अहिलेको प्राथमिकता कोभिड बिरुद्धको लडाई हो त्यसपछि मन्त्रीमण्डल बिस्तार हो मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले भने ।

प्रकाशित : १४ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६