कपिलवस्तु १५ बैशाख । विश्व मै विनास मच्चाएको कोभिड १९ को दोस्रो लहरले कपिलवस्तुमा पनी संकट ल्याउने संभावना बढेको छ । बाँके, रुपन्देही दाङ लगायतका जिल्लामा कँहर मच्चाएको बेला कपिलवस्तुमा पनि प्रभाव बढ्न थालेको छ । नागरीकहरुले कोरोनालाई विपत्को रुप नलिदाँ दिन प्रति दिन समस्या बढ्दै गएको छ । केही साता अगाडी शुन्य बाट ५ जना संक्रमितको संख्या हुँदै उक्एिको ग्राफ २५५ जना सम्म पुगेको छ ।
यस पटक आधा भन्दा वढी संक्रमितलाई निकै कष्टकर लक्षण देखिएको छ । शरिर दुख्ने , उच्च ज्वरो आउने , स्वाद थाहा नपाउने , खाना मिठो नहुने जस्ता लक्षण देखिएको एक संक्रमित बताउनु हुन्छ ।जिल्लाका सवै स्थानीय तहमा कोरोना संक्रमित फेला परेको अवस्था रहेको छ । अहिले संक्रमित हुने मा अधिकांश सरकारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी रहेका जिल्ला स्वस्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो । जिल्लामा ३८ जना कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ । यस पटक हट्टाकट्टा संक्रमितको समेत मृत्यु भएको छ ।
कोरोनाको दोस्रो लहर फैलिए पनी स्थानीय सरकार भने सुस्ताएका छन् । विपत्को क्षती न्यून गर्न योजना बनाएर काम गर्ने बेलामा पर्ख र हेरको निति लिए जस्तो गरेको देखिएको छ । जिल्लाका १० मध्ये ६ पालिकाले तत्काल योजना बनाई कोरोनाको प्रभाव कम गर्ने लक्ष्य लिएको छ । तर काम भने अझै सुरु भएको छैन । यता यशोधरा, शुद्धोदन, मायादेवी गाउँपालिका र महाराजगंज नगरपालिकामा भने योजना बनाउने संकेत समेत नभएको नाम नखुलाउने शर्तमा एक कर्मचारी बताउनु हुन्छ ।
जिल्लामा अझै पनी हाट वजार, धेरै मानिसको जमघट गराएर विहे गर्ने , भोज भतेर गर्ने , स्थानीय स्तरमा गोष्टी , तालिम संचालन गर्ने जस्ता बजेट सक्ने अनुत्पादक कार्यक्रम समेत संचालन भइरहेको छ । तत्काल भिँडभाँड बढी हुने गतिविधी रोकिएन भने कपिलवस्तु पनी हटस्पट हुने संकेत देखिएको छ ।
प्रतिक्रिया