अर्थ-वाणिज्य

अर्घाखाँचीमा प्रशासन बन्द,रुपन्देही र पाल्पामा निशेधाज्ञा



अर्घाखाँची १६ बैशाख ।सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहित केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द गरेको छ । प्रशासनबाट हुने नागरिकता, राहदानी वितरणसहित दैनिक हुने कार्य सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । शान्ति सुरक्षा, विपद्, उद्धार, मुद्दा, ठाडो उजुरीसहित अति जरुरी सेवा बाहेक अन्य सेवा बिहीबारदेखि २२ गतेसम्मका लागि स्थगित गरिएको पौडेलले बताउनुभएको छ ।

जिल्लामा हालसम्म ८ सय ६१ जना कोरोना संक्रमित छन् । १९ जनाको ज्यान गएको छ ।यता  जिल्ला प्रशासन रुपन्देहीले आज  विहान ६ बजेदेखि लागु हुनेगरी जिल्ला भर निषोधाज्ञा जारी गरेको छ । बैशाख ३० गते विहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभएको छ ।निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । 

अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्। त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले यसबारेको पूरा विवरण केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।

यसैगरी कोरोना संक्रमण बढ्दै गएपछि पाल्पामा बैशाख १८ गतेदेखी एक हप्ता निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी पाल्पाको बैठकले बैशाख १८ गतेदेखी २४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टको कोरोना संक्रमण पाल्पामा समेत तिब्र रुपमा फैलिएकाले निषेधाज्ञा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।

प्रकाशित : १६ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६