अर्थ-वाणिज्य

बाणगंगामा अक्सिजन सहित १० बेड र विजयनगरमा १८ बेडको आइसोलेशन



कपिलवस्तु १६ बैशाख ।कपिलवस्तुको बाणगंगामा शिद्धार्थ क्याम्पसको सभाहलमा तत्कलकालागि १० शैया सहितको अक्सिजन बेड तयार पार्नेगरी नगरले काम अघि बढाएको छ । उपमेयर चक्रपाणी अर्यालका अनुसार १० बेडकालागि अक्सिजन सिलिण्डर भाडामा ल्याइएको छ भने ३० वटा सिलिण्डरको खरिद प्रकृया अघि बढाइएको छ । हाल पिपरा अस्पालमा ६ वटा मात्र सिलिण्डर रहेको अस्पतलले जनाएसंगै नगरले संकट आइपर्ने आकलन गरेर तत्काल थप १० वटा भाडामा ल्याएर काम चलाउने प्रबन्ध मिलाएको हो । सिलिण्डर खरिदको काम फाष्टट्रयाकवाट गर्नेगरी ब्यवस्था मिलाइएको उपमेयर अर्यालले जानकारी दिनु भयो । 

यता विजयनगर गाउँपालिकाले आइसोलेशन सेन्टरमा अक्सिजन सहितको सुविधा प्रदान गर्ने भएको छ । कोभिड –१९ को प्रभावले असहज परिस्थितिलाई नियाल्दै गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिको बैठकले सेवा थप गर्ने निर्णय गरेको हो । पालिकालेकोभिडको उपचारको लागि गणेशपुर स्वास्थ्य चौकीमा अक्सिजनसहित १८ शैयाको आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ ।

यसै गरी भारतबाट नेपाल फर्किएका लाई एन्टीजिन परीक्षण गर्नका लागि परीक्षण सेन्टर तोकेको छ । हरिबोध आधारभूत विद्यालय भारतबाट आउनेको अभिलेख राखी परिक्षण गर्ने भएको छ । कोभिड को लागि पालिकाले संचालन गरेको एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । पालिकाले हाट बजार, सभा, सम्मेलन गोष्ठी, नाचगान गर्न बन्देज लगाएको छ ।

प्रकाशित : १६ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६