१८ वैशाख, बुटवल ।
रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो ।
वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे र वैशाख १३ गते कोरोना पोजेटिभ पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ५ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभएको छ । महिलालाई एचडियुमा राखेर र पुरुषको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।
प्रतिक्रिया