ब्रेकिंग न्युज

संक्रमित बढे पछि बुद्धभुमी ९ वडाले गर्यो लकडाउन ।



कपिलवस्तु वैशाख १८ । 

कोरोना संक्रमित बढेदै गए पछि कपिलवस्तुका धेरै नागरीकले प्रशासनले कहिले लकडाउन लगाउने भन्ने कुरेर बसेका छन् । कोभिडको दोस्रोलहरमा संक्रमित बढ्नु र अप्रत्यासित मृत्यु हुन लागे पछि नागरीकमा त्रासको वातावरण छाएको छ । जिल्लामा लकडाउन नभए पनी कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ९ ले वडामा लकडाउन गरेको छ । संक्रमणको जोखिम बढ्न लागे पछि स्थानीय समाजसेवी, व्यापारी, संघ सस्थाका प्रतिनिधीहरुको संयुक्त बैठक वसी एक साता लकडाउन गर्ने निर्णय भएको छ । जारी लकडाउन वैशाख १७ गते देखी २३ गते सम्म रहने गरी सुचना प्रकाशन गरेको छ ।

संक्रमित बढ्न थाले पछि अन्य बिकल्प नभएको कारणले लकडाउन गरेको वडा नं. ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले बताउनु भयो । जिल्ला लकडाउन हुने संकेत नभएको र समुदायले स्वास्थ्य मापदण्ड नअपनाए पछि सर्वपक्षिय सहयोगमा लकडाउन भएको अध्यक्ष न्यौपानेले बताउनु भयो । बुद्धभुमीमा मात्र ८२ जना कोरोना संक्रमित रहेका छ । ति मध्ये ३० जना वडा नं. ९ का रहेको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी गोकर्ण अर्यालले बताउनु भयो । वडा नं. ९ स्वास्थ्य चौकी र ल्यावका कर्मचारीमा समेत कोरोना संक्रमित भएर उपचार भइरहेको छ । 

प्रकाशित : १८ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६