जीवनशैली

३ महिनादेखि पार्किङ कारमा ३ शव फेलापरेपछि प्रहरीलाई नयाँ चुनौती



दाङ १९ बैशाख । ३ महिना देखि पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेपछि नेपाल प्रहरीलाई यसको वास्तविकता पत्ता लगाउने चुनौती थपिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं  ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र तीन वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहका अनुसार स्याउली बजारमा गत माघ महिनादेखि पार्किङ गरेर राखेको भारतीय नंम्वर रहेको जे ०१६६०८८५ नम्बरको गाडीभित्र शव फेला परेको हो ।कसले कहिले देखि ति शव राख्यो भन्ने नखुलेको प्रहरीले बताएको छ ।

हामीलाई यो कार तिन महिना देखि यहि थियो भन्ने स्थानीयले सुचना दिएका छन आज अपरान्ह शव समेत रहेको भन्ने खवर पायौं गएर हेर्दा ३ वटा बालकका शव भेटिए सिंहले भने ।तर शव सडेगलेको अवस्थामा रहेकोले बालक हुन् वा के हुन् भन्ने पुष्टि हुन नसकेकोे प्रहरीले बताएको छ । घटनाबार प्रहरीले अनुसन्धान सूरु गरेको लुम्विनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६