कपिलवस्तु बैशाख १९ गते ।
जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिले कपिलवस्तुमा बैशाख २१ देखी ३१ गते सम्म निषेधाज्ञा जारी गर्ने निणय गरेको छ , समितिको आइतवार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताउनु भयो । अती आवश्यक सामाग्री किनमेलका लागि बिहान ९ बजे देखी दिउसो १ बजे सम्म पसल सञ्चालन गर्न दिने भएको छ ।
निषेधाज्ञा जारी भएपछि जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारी साधन चल्न समेत वन्देज लगाइएको छ । कपिलवस्तुमा संक्रमितको संख्या निरन्तर बढ्दै ४ सया २९ जना संक्रमित पुगेका छन् । जिल्लाको राजमार्ग क्षेत्र र कपिलवस्तु नगरपालिकामा संक्रमितको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो ।
प्रतिक्रिया