अर्थ-वाणिज्य

अर्घाखाँचीमा पनि निशेधाज्ञा



अर्घाखाँची १९  बैशाख । अर्घाखाँचीमा सोमवार देखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको डिसिसिएमसीको बैठकले बैशाख २० गते सोमवार राती १२ बजे देखि बैशाख ३१ गते राती १२ बजे सम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले  बताउनुभयो । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार कोभिड नियन्त्रणको लागि भन्दै भोली सोमवार राती १२ बजेदेखि अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने भएको छ । 

निषेधाज्ञा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरी लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल तथा व्यवसाय बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने छ । औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी निस्किने बाहेक अरू प्रयोजनमा स्थानीयलाई घर बाहिर निस्किन रोक लगाइएको छ ।

केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि सन्धिखर्क, चुत्राबेसी  जिल्लाका सबै पालिकाका बजारहरूमा चहलपहल, आवत जावतमा कमी आएको थियो । जिल्लाभर पसलहरु धमाधम आँफै बन्द हुँदै गएका थिए ।  साथै जिल्लाभर पुर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । सवारी साधनहरु पनि कम चलेका छन् । जिल्लामा  १ सय ५१ सक्रिय सक्रमित रहेका छन् भने २३ जनाको मृत्युु भईसकेको छ। 

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६