ब्रेकिंग न्युज

वाँकेमा उत्पादित अक्सिजन भारत निकासी रोक्न मेयरले गुहारे उपप्रधानमन्त्रीलाई



दाङ २० बैशाख।अक्सिजन आपूर्तिमा भएको असहजता बारेमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र उपप्रधानमन्त्री इश्वर पोख्रेलबीच टेलिफोन कुराकानी भएको छ ।दाङमा अक्सिजन अभावका कारण कोरोना सङ्क्रमितको ज्यान गएको भन्दै अक्सिजन आपूर्तिमा सहजताका लागि नगरप्रमुख पाण्डेले सीसीएमसीमा संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलसँग आग्रह गर्नुभएको हो ।

नेपालगञ्जमा रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन भारतमा जाने गरेको बताउँदै सङ्क्रमणको अवधिमा भारत निकासी रोकेर  छिमेकी जिल्लालाई प्राथमिकतामा राखेर आपूर्ति गर्नका लागि ब्यवस्थामिलाई दिन उपप्रधानमन्त्री पोख्रेललाई अनुरोध गर्नु भयो । उपप्रम पोखरेलले तत्काल त्यस्तो निर्देशन दिने वताउनु भएकाले  अक्सिजन आपूर्तिमा आजैवाट सहजता हुने विश्वास  नगरप्रमुख पाण्डेले ब्यक्त गर्नु भयो  ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६