अर्थ-वाणिज्य

बुटवलको कामवाट अरुले सिक्ने की ?



बुटवल २१ वैशाख । बुटवल उपमहानगरपालिकाले जनताको जीवनरक्षाका लागि अक्सिजन बैंक स्थापना गरेको छ । उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरेर अक्सिजन बैंक स्थापना गरिएको हो । बैंकबाट उपमहानगरले बनाएको आइसोलेसन सेन्टर, होटल आइसोलेसन तथा होम आइसोलेसनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन लगेर दिइने छ ।

उपमहानगर कार्यालय परिसरमा स्थापना भएको अक्सिजन बैंकमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँदा साथ परिचालन हुनेगरी व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको रेग्मीले बताए । अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भई अक्सिजन उपलब्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्याक ट्रेसिङ गर्ने र लक्षण देखिए निःशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको समेत जनाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने प्रवक्ता रेग्मीले बताए । 

संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेसनदेखि आपतकालीन सेवा प्रदान गर्ने स्थलसम्म पु¥याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६