विचार/ब्लग

बैज्ञानिक समाजवाद पूँजीबादको एक मात्र भरोसायुक्त बिकल्प



कार्ल मार्क्सको २०३औं जन्म जयन्ति ५ मर्ईको सन्दर्भमा 

 

यद्यपि अध्ययन गर्दा
थाहा हुन्छ कि मानब समाजको इतिहास नै निरन्तर बिकल्पको खोजीको इतिहास हो । यसरी के
प्रष्ट छ भने मनिसले
, मानब समाजले निरन्तर बिकल्पको खोजी गरिरहेको हुन्छ । जुन बिकल्पहरु
मानब समाजका लागि उपयोगी हुन्छन् ती अनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन् ती
परिवर्तन हुन्छन्
, गरिन्छन् । अबलम्बन गरिएका बिकल्पहरुको पनि सान्दर्भिकता सकिए पछि या
त ती परिमार्जित हुन्छन् र केही थप समय चल्छन् या तिनको पनि अन्त्य हुन्छ । यही
क्रम नै मानब समाजमा निरन्तर चलिरहने क्रम हो । निरन्तर सबैले देख्दै भोग्दै र
परिवर्तनमा आफुसमेत सामेल हुदै आएको आजसम्मको मानब समाजको अनुभव सिद्ध कुरा नै हो

आजको बिश्व इतिहास र
हाम्रै देशको पनि इतिहासालई हेर्ने र केलाउने हो भने वास्तवमा मानिसले
, मानब समाजले अनेकौ
राजनीतिक परिबर्तन गरेर बिभिन्न राजनीतिक पद्धतिलाई अबलम्बन गरे । कयौ सामाजिक
अन्ध मान्यता र रुढीबुढीलाई पञ्छाएर नयाँ बैज्ञानिक मूल्य मान्यताहरु पनि स्थापना
गरे
  । यस क्रममा कयौ नया परम्परा र मूल्य पद्धतिहरुको बिकास पनि गरे र
तिनमा पनि अझ थप नयाँ कुराहरु जोड्दै थप्दै पनि आए । हामीले उत्पादन पद्धतिका
हिसावले पनि यस सम्बन्धमा हे
¥यौ र बिश्लेषण ग¥यौ भने धेरै  ठूलो आमूल र अपूर्व
परिवर्तन आएको सहजै देख्न र बुझ्न सक्छौं । आदिम उत्पादन पद्धति
, सामन्ती उत्पादन
पद्धति हुदै आज बिश्व पूँजीवादी उत्पादन पद्धतिसम्म आइसकेको छ । अहिले बिश्वब्यापी
रुपमा चलिरहेको संघर्ष नै वास्तमा पूजीवादी उत्पादन पद्धति र सामाजिक अर्थात्
समाजबादी उत्पादन पद्धतिका बिचको संघर्ष हो । यसलाई स्पष्ट भाषामा भन्दा पूँजीको
९नाफाको० केन्द्रिकरण र उत्पादनको९श्रमको० सामाजिककीकरण बीचको संघर्षकोरुपमा यो
अभिब्यक्त छ । त्यसैले पूँजी र श्रम बीचको संघर्ष – पूजीबादी बर्ग र श्रमजीबी बर्ग
बीचको संघर्ष हो यो । कुनै मनोगत रीस–राग
, बैमस्यता र बदला लिने
मनोगत भावनाबाट प्रेरित र
  बिकसित भएको कुरा
होइन परस्पर बिपरीत तत्वको भौतिक या बस्तुगत
  उपस्थितिका कारण
अनिबार्य बनेको कुरा हो
, त्यसैले क्रान्ति अबश्यमभावी छ, यसलाई कसैले रोकेर
रोक्न सकिदैन भन्ने निष्कर्श निस्किएको या निकालिएको हो । त्यसैले बर्ग संघर्षलाई
ब्यक्तिगत झै–झगडाको कुरा नभएर यसलाई निर्बैयक्ति हुन्छ भनिएको हो ।
 

आज बिश्वमा यो
पूँजीवादी उत्पादन पद्धति जति सबलताकासाथ स्थापित भएको छ त्यसलाई परिवर्तन गर्ने
सामाजिक उत्पादनका शक्तिहरु पनि लागेपुगेसम्म जोडबल लगाइरहेका छन् । तर त्यो
प्रयत्नलाई कमजोर तुल्याउन र आफुलाई बचाउनका लागि पूँजीवादले सबै किसिमका प्रतिकृयावादी
र प्रतिगामी शक्तिहरुसँग सम्झौता र साठगाठ गरिसकेको र गरिरहेको छ । यो आजको
पूँजीवादको आम चरित्र नै बनिसकेको छ र हो । बिकासको यस प्रकारको द्वन्द्वलाई सही
किसिमले बुझ्दै अघि बढ्नाले समाज बिकासको सही बाटो प्राप्त गर्न सहज हुन्छ ।
अन्यथा बिकासका भावनात्मक नाराहरुको तेज धारमा बगेर जाने कुण्ठित या यथास्थितिबादी
  कुरा नै सामान्यरुपमा
भइरहेको हुन्छ ।

समाजको सकारात्मक र
उर्ध्वगामी आमूल परिवर्तन र बिकासको सन्दर्भमा के कुरामा एकदमै प्रष्ट हुनु पर्दछ
भने आर्थिक बिकास या समृद्धिले मात्र मानिसलाई मनुष्यताको गरीमा प्रदान गर्नेछ
भन्ने कुरा निश्चित छैन । यसको अर्थ हो आर्थिक बिकास मानबीय गरीमाको कुनै
प्रत्याभूति होइन । किनभने एकपक्षीय आर्थिक बिकासका कारण सामाजको बहुसंख्यक बर्ग
बिकासको पहुँचबाट बञ्चित रहन जान्छ र त्यस कारणले गर्दा मनुष्यको गरीमापूर्ण
जीवनबाट टाढै रहन पुग्दछ या बाध्य हुन्छ । त्यसैले सामाजिक समानताका लागि आर्थिक
असमानता मेटिनुपर्ने कुरा आएको हो र त्यसले सामाजिक समानता कायम गर्न आधारभूमि
तयार गर्दछ भनिएको हो । वास्तवमा सामाजिक असमानताका बिरुद्ध निरन्तर संघर्ष चल्दै
आएको कारण नै यही हो । मानब समाजको संघर्षको इतिहास नै भन्ने हो भने यही बिषमता
हटाउने संघर्षको इतिहास हो र यसैलाई मार्क्सले –
बर्ग संघर्षको इतिहासभन्ने सार्थक संज्ञा
दिएका हुन्
  । तर उत्पादनका साधनहरुमाथि हैकम जमाउने शक्तिहरुको एकाधिकारका कारण
यो बिषमता या असमानता बिरोधी संघर्षले अहिलेसम्म समानताको मानब समाजको साझा सपना
साकार तुल्याउन सकिरहेको छैन ।
 

आज त पूँजीवादी
अत्याधुनिक कर्पोरेट आर्थिक बिकासको बाटोका कारण सामाजिक कल्याण र सरोकारको
बिषयहरु नै ओझेलमा पर्दै गएको या परिसकेको अबस्थाबाट हामी गुज्रिरहेका छौं ।
उदाहरणका लागि भन्नुपर्दा बस्तुतः खाद्यान्न सुरक्षाको नीति कर्पोरेट पद्धतिका
लागि एकदमै अमान्य छ । यसका अतिरिक्त बिपन्न बर्गलाई दिइने अनुदान या सब्सीडीलाई
पनि यस पद्धतिले मन पराउदैन । यसले त मजदुरहरुको अधिकार सुरक्षित राख्ने खालका
श्रम कानुनहरुलाई नै बदल्न चाहन्छ र
हायर एण्ड फायरगर्ने नीति अबलम्बन
गरेर श्रमिकहरुलाई जतिबेला पनि निष्काशन गर्न सक्ने खुल्ला स्थिति सिर्जना गर्न
चाहन्छ र गरिरहेको छ । यसरी पूँजीवादको पकडमा उत्पादन पद्धतिलाई राख्ने र चलाउने
कसरतमा सरकार बदल्ने
, सत्ता बदल्ने र सामाजिक संघरसंस्था बदल्ने या बिकल्प खोज्ने प्रकृया
चलिरहेको छ
, चलाउँदै आएको छ । चुनावहरु पनि यसै परिधिभित्र हुने गरेका छन् र
हुन्छन् । यस्तो अबस्थामा परिवर्तनपछि पनि जनताको हालत उस्तै रहनु र अझ खस्किनु
अस्वाभाविक हुदैन । किनकि कर्पोरेट शक्तिलाई मानेर चल्दा बिपन्न
, बञ्चित, बहिष्करण र असमानतामा
परेका बहुसांख्यक जनता छुट्छन् । त्यसैले कुनै पनि चुनावको बेला चकाचौध बिकासका
भावनात्मक नाराको तिरीमिरी ती जनतालाई देखाएर मतलिने काम हुदै आएको हो र यस्तो
भइरहन्छ । तर त्यस्ता निर्वाचनहरुले बिषमता झेलिरहेका बिपन्न बर्गका बहुसंख्यक
श्रमजीबी जनताका समस्या हल हुने वातावरण फेरि पनि बन्दैन । त्यसले त कर्पोरेट
जगतको जठराग्नि(पेटको भोक) अर्थात् आगोलाई मात्र शान्त पार्दछ ।

यसबाट के स्पष्ट
हुन्छ भने बहुसँख्यक बिपन्न बर्गका जनताका लागि आधारभूत अर्थ–राजनीतिक आमूल
परिवर्तन अबश्यंभावी छ । यस्तो ठोस जगबिनाको सतही र उपरी परिवर्तनले मात्र उत्पादनमा
लाग्ने तर उत्पादनका साधनहरुबाट बञ्चित रहने आधारभूत बर्गले झेलिरहेको बिपन्नता
, बेरोजगारी, बिकासबिहीनता र
त्यसबाट निरन्तर सिर्जित बिषमताबाट मुक्त हुने स्थिति बन्दैन । यो कसैको मनोगत र
भावनात्मक कुरा होइन
, यथार्थ बस्तुगत जगतले सिर्जना गरेको कुरा हो । त्यसैले बहुसरसंख्यक
बिपन्न बर्ग र समुदायको हातमा मोबाइल
, ल्यापटप, आइप्याड थमाइदिएर
मात्र पुग्दैन । बिज्ञान र प्रबिधिको अत्याधुनिक बिकासका उपलब्धीहरु उनीहरुले
स्वामित्व लिएर ठोस उपयोग गर्नसक्ने अनुकूल र उचित मानबीय बातावरण बनाइनु सर्बोपरी
र अत्यावश्यक छ । त्यसको निमित्त देशले आज बिकल्पको खोजी गर्नु नै पर्दछ । त्यो
जनताको जीवन स्तर
, मानबीय गरीमा र गौरबसँग गासिएको आधारभूत बिकल्पको खोजी हो । टालटुले
कुरा गरेर जनता अल्मल्याउने बिकल्प होइन । देशको साच्चो अर्थमा समुन्नति चाहने
प्रगतिशील
, बापन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरुले गम्भीर रुपमा
सोच्नु पर्ने कुरा नै आज यही हो ।

तर हामीकहा के
बिडम्बना रहदै आएको छ भने हामी परिवर्तनका कुराहरुलाई संकीर्ण राजनीतिक स्वार्थ र
सीमित परिधिभित्र राखेर मात्र हेर्ने र त्यसैमा रमाउने मूलतः यथास्थितिबादी
प्रबृत्ति ब्याप्त छ । परिवर्तन आम जनता
, समाज र राष्ट्रको
लागि हो भन्ने भावधारा नै हामीकहाँ बिकसित हुन सकेन । यसको मूल कारण हो – पुरानो
सन्दर्भहीन भइसकेको उत्पादन पद्धति र पराश्रयी मनोबृत्ति । यी दुइ कारणले गर्दा
हरेक परिवर्तन पछि उत्साहित आम जनतालाई निराश तुल्याउने काम पटक पटक हुदै आएको छ र
भइरहेकाे छ। हाम्रो पछिल्लो निकै ठूलो राजतन्त्रलाई नै बिस्थापित गर्ने राजनीतिक
परिवर्तन पछि पनि त्यही कुरा दोहोरिएको छ र अझ जटीलरुपमा पराबलम्बी मनोबृत्ति
देखापरेको छ । सामन्तबादबाट राष्ट्रिय पूँजीवादमा बिकास हुनु पर्नेमा त्यो
दलालपूँजीवादमा बिकास भएर गइरहेको आजको जुन सामन्ती–दलाल पूँजीवादी बर्गीय
  मनोबृत्ति बिकिसत
भएको छ त्यो राष्ट्रिय हित
,दूरगामी भबिष्य तथा अग्रगामी परिवर्तन
सबै कुराका लागि अत्यन्तै हानीकारक छ ।

     यद्यपि हामीकहा पनि अहिले प्रायः सबैले समाजवादको दिशामा कम्तिमा
शब्दमा नै सही आफुलाइ अभिमुख गराउन खोजेको प्रतीत हुन्छ । कुनै तोडमोड नगरी सही
रुपमा समाजवादलाई अपनाउने हो भने त्यो श्रोत साधन र उत्पादनको सामाजिकीकरण बाहेक
अरु केही हुँदैहोइन । यो सामाजिकीकरणले एकातिर समभावको बातावरण बनाउने र मानब जाति
सबै समान हुन् भन्ने कुराको उद्बोधन गराउदछ भने अर्कोतिर समाजकाप्रति समान दायित्व
र कर्तब्यबोधको भावना र सकारात्मक अग्रगामी मनोबृत्ति पनि जगाउदछ । २१औं शताब्दीको
समाज समानता
, न्याय र समुन्नतिको समाजवादी बाटोमा हिड्नु बाहेक अरु कुनै मानबीय
बिकल्प पनि छैन । तर त्यो जनतालाई रंगिचंगी सपना देखाउने काल्पनिक समाजबाद होइन
, उनीहरुको जीवन
चाैतर्फीरूमा
  समुन्नत तुल्याउने बैज्ञानिक समाजबाद एक मात्र भरोसायुक्त  बिकल्प हो । यस्तो
समाजबाद त्यस पूर्बको नयाँ जनबादी क्रान्ति सम्पन्न नभै सम्भव नै हुँदैन ।
बैज्ञानिक समाजवादतर्फ सही किसिमले जानका लागि आज बुझ्नुपरर्ने मूख्य सार कुरा नै
यही हो । यसैका लागि क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु केन्द्रित र संघर्षशील हुन
आजको आबश्यकता हो । त्यस्ता शक्ति
, समूह, ब्यक्ति जोकोहीका बीच
पनि कार्यगत
, सहकार्यगत, मोर्चागत र पार्टीगत एकताको खोजी पनि यही आधारमा गरिनु सही हुन्छ । जुन
बिचारको प्रक्षेपण नेपालको सन्दर्भमा कमरेड पुष्पलालले गरेका हुन् र त्यसको
सान्दर्भिकता आज पनि उत्तिकै छ र अझ बढ्न गएको छ ।

 

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६