अन्तर्राष्ट्रिय

खोप लगाउन वाँकीले कोरोना खोप कहिले सम्म पाउछन् ?



काठमाडौं, २२ बैसाख । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ । भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो ।‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले भने, ‘कहिले आइपुग्छ, अहिले यकिनका साथ भन्न सक्ने अवस्था छैन ।’

स्वास्थ्य मन्त्रालयमार्फत खोप खरिदका लागि छनोट गरिएको मुलुकमा रहेका कूटनीतिक नियोगमार्फत खरिद तथा अनुदानमा उपलब्ध गराउन आग्रह गरिएको छ । सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतहरूलाई सहजीकरण गर्न निर्देशन दिइएको परराष्ट्र स्रोतले बताएको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडा सक्रिय भएका छन् ।यी तीन मुलुकका नेपालस्थित राजदूतलाई पनि सहजीकरणका लागि पहल गर्न भनिएको छ ।

अग्रिम भुक्तानी दिई खरिद गरिएको खोप भारतबाट आउन सकेको छैन । उक्त खोप आउन ढिलाइ भएपछि सरकारले अन्य मुलुकमा पनि खरिद प्रक्रिया अघि बढाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा पनि आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका थिए ।

भारत र चीनका साथै कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त खोप २१ लाखभन्दा बढी नेपालीले लगाएका छन् । भारतले सबैभन्दा पहिले कोभिसिल्ड खोप १० लाख डोज अनुदानमा दिएको थियो । त्यस्तै उसले सेनालाई १ लाख डोज उपलब्ध गराएको थियो । त्यसपछि सरकारले २० लाख डोज खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज आए पनि बाँकी आइनसकेको डा। गौतमले बताए । ‘तुरुन्तै आउनुपर्ने त हो तर ढिलाइ भइरहेको छ’, डा। गौतमले भने। चार डलरका दरले अग्रिम भुक्तानी दिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज खोप ल्याइएको थियो । यसबाहेक चीनले पनि ८ लाख डोज खोप अनुदानमा दिएको थियो । कोभिसिल्ड र भेरोसिल गरी २१ लाख १२ हजार १९ जनाले पहिलो मात्रा खोप लगाएको डा। गौतमले बताए । जसमध्ये कोभिसिल्ड १८ लाख २३ हजार ६ सय ६३ र भेरोसिल २ लाख ८८ हजार ३ सय ५६ जनाले लगाएका छन् । दोस्रो मात्रा ३ लाख ७० हजारले लगाएका छन् । अहिले निशेधाज्ञा जारी रहेको र खोप पनि अभाव भएका कारण बाँकी खोप लगाउने कार्यक्रम स्थगन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६