ब्रेकिंग न्युज

अक्सिजन उत्पादन ३ गुणा बढाउने सहमति



दाङ २२ बैशाख । दाङ स्थित  अक्सिजन प्लान्टवाट दैनिक उत्पादन ३ गुण वढाउने सहमति भएको छ । उत्पादन हुदै आएको  भए पनि विद्युत आपूर्ति नियमित नहुँदा उत्पादन दिन नसकेपछि विद्युत आपूर्ति नियमि गर्ने र उत्पादन ३ गुण वढाउने सहमति भएको छ ।जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि नेपाल विद्युत प्राधिकरणले यस्तो सहमति जनाएको दाङमा अक्सिजन आपूर्ति सहज गर्न लागिरहनुभएका नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

‘घोराहीमा अक्सिजन प्लान्ट छ तर नियमित बिद्युत नभएकाले दैनिक ५०/६० सिलिन्डर भन्दा बढी उत्पादन हुन सकिरहेको छैन । नियमित बिजुली हुने हो भने दैनिक १५० सिलिन्डरसम्म उत्पादन हुन सक्छ’– उहाँले सामाजिक सञ्जालबाट जानकारी दिंदै भन्नुभएको छ– ‘जिल्ला प्रशासनमा भएको छलफल पछि नियमित बिद्युत आूपर्तिका लागि पनि पहल भएको छ । दाङ घर भएका विद्युत प्राधिकरणका डीजिएम हरराज न्यौपानेसँगको समन्वयपछि उहाँले तीन दिनभित्र झिङ्नी सबस्टेसनबाट डाइरेक्ट फिडरको ब्यबस्थापन गर्ने बिश्वास दिलाउनुभएको छ ।’यो संगै उत्पादन ३ गुणा बृद्धि हुने उहाले विश्वास प्रकट गर्नु भएको छ ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६