प्रदेश

लुम्विनीको राष्ट्रिय सभा चुनावमा एमाले भर्सेज सबै विपक्षी हुने निश्चित



दाङ २३ बैशाख । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन जेठ १७ गते हुने भएको छ । निर्वाचन आयोगको आज विज्ञप्ति जारी गर्दै जेठ १७ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको जानकारी दिएको छ ।यस्तै लुम्विनी प्रदेशको राजधानी दाङको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभएको छ।

माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि यो पद रिक्त छ । माओवादीले कार्वाही गरेपछि यो पद रिक्त भएको हो । सोही ठाउँमा उपनिर्वान हुन लागेको हो ।प्रदेश सभा सदस्य र स्थानीयतहका मेयर उपमेयरले मतदान गर्नेछन् । एमाले एकातर्फ र अरु सबै अर्का तर्फ हुदा एमालेको झिनो अन्तरले अग्रता रहने छ । तर माधव समुहले असहयोग गरे यो चुनाव पनि एमालेका लागि प्रत्यूत्पादक हुनेछ। 

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६