अर्थ-वाणिज्य

३ दर्जन वित्तिय सस्थाको माग बमोजिम एक हप्ता बन्द गर्ने निर्णय



कपिलवस्तु २३ बैशाख ।वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै आएको दवाव पछि वाणगंगाले भोली देखि ३१ बैशाख सम्मका लागि सबै वित्तिय सस्था बन्द गर्ने निर्णय गरेकोछ । वाणगंगामा सरकारी स्वामित्वका बैक, बाणिज्य बैक ,विकास बैक मात्रै ३ दर्जन जति रहेकाछन् ।यी सबैको कारोवार एक हप्ताकालागि बन्द हुने भएकोहो ।
    कपिलवस्तुको वाणगंगा नगरपालिकाले बैशाख ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको छ ।नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को प्रकोप नगरपालिका भित्र बढेको र अन्य जिल्ला र स्थानीय तहरुबाट सेवाग्राहीको चाप नगरमा बढेको भन्दै वाणगंगाले बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको हो ।
    नगर प्रमुख मंगल प्रसाद थारुद्धारा हस्ताक्षरित विज्ञप्तिमा यही बैशाख २४ गतेदेखि ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द हुने उल्लेख छ ।साथै एटीएम तथा विद्युतीय माध्यमबाट हुने बैकिङ सम्बन्धी सेवाहरु सञ्चालन गर्न सबैलाई जानकारी गराइएको छ ।

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६