वैशाख २५, काठमाडौँ–
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठकका एजेन्डाबारे कुनै जानकारी नदिइएको, बैठकको समय र स्थानबारे मात्रै आफूहरू कहाँ सूचना आएको एक मन्त्रीले बताएका छन्। मन्त्रिपषिदको नियमति बैठक सोमबार र बिहीबार बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले शनिवार साँझ आकस्मिक बैठक बोलाउनुभएको हो । सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् । त्यसका लागि उनले राजनीतिक दलहरूसँग छलफल गरिरहेका छन् । विश्वासको मत लिनुपहिले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रतिक्रिया