प्रदेश

कपिलवस्तुमा एकैदिन ५ कोरोना संक्रमितको मृत्यु



कपिलवस्तु २७ बैशाख । कपिलवस्तुमा आज (आइतबार) एकैदिन ५ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार २ पुरुष र ३ महिला गरि ५ संक्रमितको मृत्यु भएको हो । आइतबार सबैभन्दा धेरै कपिलवस्तु नगरपालिकाका ३ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४, ९ र २ का क्रमश ५५, ६० र ४० बर्षीया महिला रहेका छन् ।

यस्तै वाणगंगा नगरपालिकामा एक जना पुरुष र विजयनगर गाउपालिकाका ५७ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । यस्तै सोही अवधिमा जिल्लामा १०८ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै शिवराज नगरपालिकाका रहेको घिमिरेले बताउनुभयो । यस्तै आज थप ६२ जनाले कोरोना जितेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ७४ ले ज्यान गुमाएका छन् भने ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार मात्र १०२ संक्रमित थपिएका थिए भने एक जनाको मृत्यु भएको हो । कोरोना संक्रमणदर बढेकाले विशेष सावधानी अपनाउन स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६