स्वास्थ्य

पत्रकारको उपचार घरघरमा हुने संझौता



बाँके 28 बैशाख। बाँकेका पत्रकारहरुका लागि घरमैं उपचारको व्यवस्था मिलाइने भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि घरमैं व्यवस्था मिलाएको हो ।त्यसका लागि फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा. शुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको जनाएको छ ।
     सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता भयो । सम्झौता अनुसार डा. योगीले पत्रकारहरुलाई निःशुल्क परामर्श दिनुहुने बताइएको छ । आफ्ना सदस्य पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेर यो जिम्मेवारी निर्भाह गरेको अध्यक्ष भण्डारीले बताएका छन् ।सोही जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार महासंघ बाँकेले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई कोरोना अवधिभर निःशुल्क परामर्शदाता नियुक्त गरेको अध्यक्ष भण्डारकिो भनाइ छ ।
   कोही पत्रकार कोरोना लागेर बिरामी भएमा महासंघद्वारा डा.योगीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गराइने छ । २ हजार भन्दा बढी कोरोनाका बिरामीको उपचार गरिसक्नु भएका डा.योगीले औषधी उपचार तथा विभिन्न जाँचहरु गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिए अस्पताल भर्नाको लागि रिफर गर्नेछन् ।कोरोना बिरामीलाई अक्सिजन अत्यावश्यक पर्ने भएकोले महासंघ बाँके शाखाले जिल्लाका पत्रकारको लागि अक्सिजन तयारी अवस्थामा राखेको जनाएको छ । पत्रकार सदस्यको उपचारमा सहयोग पु¥याउन महासंघले कुनै कसर बाँकी नराख्ने भन्दै महासंघले यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपील गरेको छ ।

प्रकाशित : २८ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६