बुटवल २९ बैशाख । अक्सिजन आउन आधा घण्टा ढिला हुदा ५ जनाको ज्यान गएपछि अर्थमन्त्री विष्णु पौडेलको पहलमा हेलिकप्टरवाट अक्सिजन सिलिण्डर आजै राती सम्म पठाउने तयारी भएको छ । अक्स्जिन नपाएकै कारण कोरोना संक्रमितहरुको ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याउन लागिएको हो ।अक्सिजन अभाव नभएको पुर्वि जिल्लाका अक्सिजन प्लाण्टहरुबाट भरिएको सिलिण्डर सहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आउँदै गरेको अर्थमन्त्री पौडेलका स्वकिय सचिव यम पाण्डेले जनाएका छन् ।
सैनिक हेलिकप्टरमा आउँदै गरेको अक्सिजन सिलिण्डरलाई बुटवलमा रहेको धागो कारखाना स्थित कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा केन्द्रित गरिने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जनाएका छन् ।हेलिकप्टरबाट आउँदै गरेको अक्सिजन सिलिण्डरको ब्यवस्थापन गर्न नगरप्रमुख भैरहवा स्थित बिमानस्थल बसेका छन् भने अस्पतथालबाट खालि भएका सिलिण्डरहरु बोको गाडीहरुपनि बिमानस्थल पुगेका छन् ।
‘एयरलिफ्ट मार्फत भरी अक्सिजन सिलण्डिरहरु मगाईएको छ ।’ नगर प्रमुख सुबेदीले भने ।एयरलिफ्ट मार्फत आएका भरी सिलिण्डरहरु पहिलो चरणमा धागो कारखाना र प्रादेशिक अस्पताल पुग्ने बथाईएको छ ।कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएकै कारण आज ५ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया