बुटवल ३० बैशाख । अक्सिजनको अभावमा धेरैको ज्यान जान थालेपछि सेनाको हेलिकप्टरबाट बुधवार राती ४० सिलिण्डर अक्सिजनल्याईएको छ । यसैगरी आज विहिवार २ पटक गरी १०० सिलिण्डर थप ल्याउने ब्यवस्था मिलाइएको छ । लुम्विनीका मुख्य मन्त्री शंकर पोखरेलको पहल र अर्थमन्त्री विष्णु पौडेलको संयोजनमा ती सिलिण्डर आएको वताइएको छ ।
नेपाली सेनाको एमआई ७० हेलिकप्टरबाट ४० थान सिलिण्डर भैरहवा बिमानस्थलमा बुधवार राती आईपुगेको र अस्पतालमा तत्काल पुराइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।अक्सिजन अभाव भएपछि धेरैको ज्यान जान थाल्यो रुपन्देहीको उत्पादनले थामेन त्यसैले तत्काल समस्या समाधानमा लागि ४० थान ल्याई पु¥याईएको छ ।ल्याईएका अक्सिजन मध्ये भैरहवा स्थीत भिम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाईएको छ प्रमुख जिल्ला अधिकारी तामाङले भने ।
अहिले नेपाली सेनाले बा«राको सिमराबाट र चितवनबाट ४० थान सिलिण्डर ल्याईपु¥याएको र बिहिवार बिहान २ पटक गरी थप १ सयथान सिलिण्डर ल्याईपु¥याईने प्रमुख जिल्ला अधिकारी तामाङल बताए ।यसका साथै बुटवलबाट पोखरा, चितवन, बिरगन्ज, बिराटनगर लगाएतका स्थानहरुमा खालि सिलिण्डर पठाईएको र ति सिलिण्डरहरु समेत सडकमार्गबाट आउने क्रममा रहेको उनले बताए ।
प्रतिक्रिया