अर्थ-वाणिज्य

अक्सिजन बैकले जुटायो २५ सिलिण्डर र ३ लाखको प्रतिवद्धता



कपिलवस्तु ३१ बैशाख । कपिलवस्तुको बाणगंगा नगर क्षेत्रभित्र सञ्चालनमा आएको अक्सिजन बैकमा सहयोग जुट्दै गएको छ ।  बाणगंगा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक सस्थाहरुकोको पहलमा सञ्चालनमा आएको अक्सिजन बैंकका लागि अहिलेसम्म २५ वटा  सिलिण्डर संकलन भएको छ भने करिब ३ लाख रकम सहयोग गर्ने प्रतिबद्दता बिभिन्न संस्थागत तथा ब्यक्तिगत रुपमा आएको छ ।

लायन्स क्लब अफ बाणगंगाा , लायन्स क्लब अफ कपिलवस्तु ,कपिलवस्तु जेसिस ,सिद्धार्थ सामाजिक बिकास केन्द्र , बाणगंगा ट्रक यातायात ब्याबसायी समिती , कपिलवस्तु सामुदायिक अस्पताल तथा नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तु लगायतको पहलमा अक्सिजन बैंक सञ्चालनमा आएको हो । बाणगंगा नगरपालिका भित्र कोभिड १९ तथा अन्य सङ्क्रमण एबम जोखिमयुक्त प्रकोप मा सङ्क्रमितहरुको अक्सिजन अभाब मा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले अक्सिजन बैंक सन्चालनमा ल्याइयको अभियानमा जोडिन सबैमा अभियानका सम्योजक रमेस चन्द्र भुसालले आह्वन गर्नुभएको छ ।

उक्त अक्सिजन बैंक संचालन गर्न जिल्लाका विभिन्न संघ सस्था तथा स्वयंसेबिहरुले आर्थिक भौतिक सहयोग गरिरहेको र जोडिने क्रम जारी रहेकोले अभियान सहज रुपमा सन्चालन भैरहेको उहाको भनाई छ । आगमि दिनमा विपद ब्यवस्थापनका लागि योजना बनाएर अघि बढ्ने बताउदै छुट्टै खालको अस्पताल निर्माण गर्ने परिकल्पनाका साथ अघि बढेको बताउनुभयो ।

अहिलेसम्म ४६ जनालाई सहयोग गरेको बताउदै जसमा ३५ जना कोरोना सक्रमित बाणगंगा क्षेत्रका बिरामीहरुलाई सेवा पु¥याएको ,२ जना दिर्घरोगीहरुलाई सहयोग र बाणगंगा नगरको आईशोलेशनमा बसेको ९ जना बिरामीहरुका लागि अक्सिजन सिलिण्डर वितरण गरेको बताउनुभयो । ७ थान नँया अक्सिज सिलिण्डर खरिद गरिएको नेपाल रास्ट्रीय उद्योग व्यापार सङ्गठन कपिलवस्तुको महासचिव एवम सामाजिक अभियान्ता खिमानन्द पौडेल कपिलले बताउनुभएको छ । महामारीको बेला विभिन्न प्रकारको सामाजिक उत्तरदायित्व हुने हुनाले यो महाअभियानमा जोडिन अपिल गर्नुभयो ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६