अर्थ-वाणिज्य

अक्सिजन ढुवानीमा सेना र प्रहरी लगाउन सांसद पन्थीको माग ,साना काम गरेर जनताको जीवन जोगाउन अपिल



कपिलवस्तु १ जेठ । अस्पतालका लागि अक्सिजन खोजी गर्दै उद्योग चाहार्न स्वयम डाक्टर वा स्वास्थ्यकर्मी नै खटिएको भन्दै उनीहरुलाई केवल विरामीको हेरचाहमा मात्र खट्ने वाताबरण मिलाउन प्रदेश सरकार समक्ष सांसद विष्णु पन्थीले अनुरोध गर्नु भएको छ । उहाले सामाजिक सञ्जालमा लेख्दै भन्नु भएको छ -अहिले अमुल्य जीवनको आशा अक्सिजन ू व्यवस्थापन गर्दागर्दै अब उठने बेलामा सुत्नु पर्नेछ । यस्तो धेरैले दुख पाएको ,तनाव र परेसान भएको देखेको छु । उता बिरामीहरु अब मेरो अक्सिजन सकिदैछ अरु पाइदैन र म अब बाच्दिन भन्ने सोचाइमा कति थप गलेका होलान्  । हस्पिटलमा डा उस्तै परेसान देखिन्छन्  । 

अहिले एकातिर यहाको उत्पादन बढाउने र बाहिरी स्रोत थपौ र बितरणमा आयल निगमको जस्तो पुर्‍याउने ब्यबस्था गरौ । ढुवानीको जिम्मेवारी सेना वा सशस्त्र पुलिस लाई दिऔं । भरी सिलिन्डर हालेर थोरै थोरै दिदै खाली उठाउदै घुमाइ राख्ने डुलाइ राख्ने गरौ । अस्पताल वाट  कोही पनि प्लान्टमा आएर दिनभर कुर्नु नपरोस् । कहाँ ककसलाइ  कति कुन समयमा चाहिदैछ आदि समस्याको समाधान प्रदेशले गरोस् । हाम्रो यो पाराले न ज्यान जोगाउन सकिने भयो  न गर्ने हरुको ज्यानले सुख पाउने भयो । राम्रो व्यवस्थापनले एकसाथ धेरै कुराको समाधान हुने देखिन्छ ।

यतिमात्र होइन सांसद पन्थीले सामाजिक सञ्जालमा राखेको अर्काे स्टाटश पनि यस्तै महत्वपूर्ण छ । उहा लेख्नु हुन्छ -धागो कारखानाको कोरोना विशेष अस्पताल , लुम्बिनी प्रादेशिक अस्पताल समेतले आफ्नोमा उपचाररत  बिरामीहरुलाइ  अक्सिजन आफै ल्याउ भन्नु पर्ने अवस्था सारै लाजमर्दो र प्रदेश सरकारको निरिहता हो । बिरामीका आफन्तले अक्सिजन कहाँ बाट ल्याउने हो रु यो  कोरोना माहामारीमा मैले अहिले जम्मा जम्मि प्रदेश सरकारले गर्नुपर्ने एउटै काम देक्छु त्यो हो अक्सिजनको सहजता अरु केहि गर्नु प्रदैन ।

तर त्यो प्रमुख समस्या हल गर्न छाडेर अरु कता हो कता केमा हो केमा ब्यस्त ?  प्रदेश सरकारले यस्तो अवस्थाको तुरुन्तै अन्त्य गरोस । बिरामी यो हस्पिटल को गेट त्यहाँ बाट त्यो हस्पिटलको गेट अनि उ हस्पिटल चाहार्दै एम्बुलेन्समा पैसा फुकेर फर्केर घरमा पुग्दा सरकार प्रति कस्तो धारणा बन्ला  ? अहिले धेरै ठुला काममा हात नहालौ ससाना काम गरेर नागरिकको ज्यान जोगाउन लागौ ।सांसद पन्थीले भने जस्ता साना  काम गरेर जनताको जीवन रक्षा गर्न सकेमा लुम्विनी प्रदेश सरकार सबैभन्दा उत्तम सावित हुन सक्नु पर्छ । 

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६