प्रदेश

२ वर्षको प्रतिक्षापछि मेराज भए साउदी राजदूतमा सिफारिस



 कपिलवस्तु १ जेठ  । २ वर्ष अघि तत्कालिन नेकपा जिल्ला कमिटी कपिलवस्तुले कपिलवस्तुका करिव १ दर्जन योग्य  र दक्ष पार्टी कार्यकर्ता एवम शुभेच्छुकलाई उचित राजनैतिक  नियुक्ति दिलाउन  बैठकवाट निर्णय गरेर सिफारिस गरयो । प्रदेश इन्चार्ज शंकर पोखरेल , नेकपा केन्द्रिय कार्यलय र प्रधानमन्त्री केपि ओलीको सचिवालय समक्ष  सिफारिस गरिएको विवरणमा मेराज खानलाई मुस्लिम राष्ट्रका  लागि राजदूत  वनाउन अनुरोध गर्दै लेखिएको थियो । 

नेकपाका केन्द्रिय सदस्य विमला घिमिरे, प्रदेश नेता वलराम अधिकारी, जिल्ला अध्यक्ष झविलाल पोख्रेलले प्रधानमन्त्री ओलीलाई भेटेर मेराज खानलाई चिनजान मात्र गराएनन् विगतमा अखिलको राजनीति गरेको कार्यकर्ता भनेर परिचय दिलाए । सहभागि एक नेताका अनुसार ओलीले हेरौला मात्र भने हुन्छ भनेनन् । यस विचमा जतिपटक ओलीसंग भेट हुन्छ कपिलवस्तुका नेताले हाम्रो कुनै सुनुवाई भएन भनेर गुनासो गर्दै आए । यो विचमा सरकारले कपिलवस्तुका मिर्जा अरसद बेगलाई मुस्लिम आयोगको सदस्य वनायो । अरु कुनै नियुक्तीमा कपिलवस्तुले स्पेश पाएन । 

सयम वित्दै जादा नेकपा रहेन । अदालतको फैसला पछि एमालेको अध्यक्ष बनेका ओलीले  विगतका कमिटी पद्धतीका निर्णय र शैलीहरु सम्झीए होलान । सायद त्यही क्रममा २ वर्षलामो प्रतिक्षापछि कपिलवस्तु एमालेका यूवा नेता मेराज खान साउदी अरेवियाको राजदूतमा मन्त्री परिषको वैठकबाट सिफारिस भएका छन् । कपिलवस्तुको  महाराजगन्ज  नगरपालिका निवासी  खाँन नेकपा एमाले कपिलवस्तु  जिल्ला कमिटी सचिवालय सदस्यको भ्ूमिकामा कृयासिल हुनु हुन्छ । नेकपा (एमाले)  कपिलवस्तु काठमाडौं सम्पर्क मन्चका सल्लाहकार  रहनु भएका खाँन नेकपा( एमाले) सम्बद्ध मुस्लिम संगठनको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । विगतमा  कृषि समाग्रि कम्पनी लिमिटेडको राष्ट्रिय अध्यक्ष रहनु भएका खानले कपिलवस्तु बहुमिखी क्याम्पसमा रसायन शास्त्र प्रध्यापन समेत गर्नु हुन्थ्यो । 

 त्रिभुवन विश्व विद्यालयको केन्द्रिय क्याम्पसवाट  एमएससी गर्नु भएका खाँन अंग्रेजी ,अवधी ,उर्दु र नेपाली भाषामा  राम्रो वोलचाल तथा लेखापढ गर्न सक्नु हुन्छ । उहा क्याम्पसमा अध्ययनरत विद्यार्थी छदा अनेरास्ववियूको क्याम्पस प्रारम्भीम कमिटीमा रयासयन शास्त्र विभागका तर्फवाट प्रतिनिधीत्व  गर्दै संगठनमा कृयासिल रहेको उहा वताउनु हुन्छ । २०५५/२०५६ मा डिग्री सकेर कपिलवस्तु फर्कनु भएका खाँन करिव २०६० सम्म एमालेमै हुनुहुन्थ्यो । मधेस आन्दोलन क्रमश वढ्दै  जाँदा उहाले साच्चै मधेसको राजनीति फोरमले नै गर्ने रहेछ भनेर मधेसी  जनअधिकार फोरममा समेत लाग्नु भएको थियो । 

तर करिव ४/५ वर्षको फोरमको राजनीति हेरेपछि खाँनले आफूले वाटो विराएको भन्दै पुन एमालेमा फर्कनु भएको थियो । मधेस आन्दोलनमा लागेर वास्तविकता बुझेर एमालेमै फर्किएका खानलाई एमालेले जिल्ला कमिटीमा राखेर काम गर्ने अवसर प्रदान गरेको थियो । विगतमा काठमाडौमा रहेर अनेरास्ववियूको राजनीति गरेका खाँन  पढाइमा अब्बल मात्र हुनु हुन्न भाषा भाषण र अरुलाई संझाएर सहमत गराउने विशेष कला राख्नु  हुन्छ । एउटा कम्युनिष्टमा हुने सादगी ,सद्भाव र सुवचन युक्त गुण उहामा धेरै छ । आफु भन्दा सानालाई समेत नमस्कार अभिवादन गर्दै सहज रुपमा प्रस्तुत हुने खाँन ४७ वर्षको उमेरमा साउदी अरेवियाको राजदूत हुने मौका पाउनु भएको छ । 

मुस्लिम वाहुल्य कपिलवस्तुको राजनीति गरेका खानले मुस्लिम राष्ट्रको महत्वपूण ओहदा पाउनु भएकोछ । सरकारले सिफारीस गरेकोमा धन्यवाद दिदै खाले भन्नु भयो  त्यहा रहेर देश र देशवासीकालागि सके सम्म राम्रो गर्नेछु । बैदेशीक राजगारीमा गएकाले पाएका दुख कष्ट हटाउन पहल गर्नेछु । कपिलवस्तुकालागि त्यहावाट गर्न सकिने काममा विशेष योगदान गर्नेछु । आफू सानै उमेरवाट कम्युनिष्ट स्कुलिङमा पढेलेखेको र हुर्केको वताउदै वाचुन्जेल कम्युनिष्ट भएरै वाच्ने प्रण गरेको दावि गर्नु भयो । 

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६