प्रदेश

३ जिल्ला जहा अहिले सम्म निशेधाज्ञा आवश्यक परेन



काठमाडौ २ जेठ । तीन जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा भएको  छ।गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक अन्य ७४ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ। यसअघि रुकुम पूर्वमा निषेधाज्ञा गरिएको थिएन। रुकुममा पनि एक साताको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमित भेटिन थालेपछि रुकुम पूर्वमा पनि निषेधाज्ञा गरिएको हो।बैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भएको थियो।

संक्रमितको सङख्या ठुला शहरमा ५ सय अन्य स्थानमा २ सय भएको ठाउँमा स्थानिय प्रशासन कार्यालयले निषेधाज्ञा गर्न पाउने अधिकारी रहेको छ। निषेधाज्ञा गरिएको जिल्लामा मध्ये काठमाडौंमा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकाभित्र देशभर थपिने संक्रमितमध्ये ३० प्रतिशत भन्दबढी छन्।अहिले निषेधाज्ञा भएकामध्ये पाँच जिल्लामा आंशिक भने बाँकी जिल्लाहरुमा पूर्णरुपमा निषेधाज्ञा रहेको छ। काभ्रे, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङमा भने केही स्थानमा मात्र निषेधाज्ञा गरिएको छ। ४० वटाभन्दाबढी जिल्लाहरुमा निषेधाज्ञाको समय थप गरिएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि संक्रमरण सर्ने दर घटनाउन भन्दै स्थानिय प्रशासनले निषेधाज्ञा गरेका हुन्। त्यस्तै सरकारले अन्तराष्ट्रीय हवाइ उडान समेत बन्द गरेको छ।

प्रकाशित : २ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६