प्रदेश

जसपा विवाद सर्वाेच्चमा : ४ सांसदको पद रहने वा नरहने सुनुवाई आज



रुपन्देही ३ जेठ । जसपा सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त भएका चार जनाको  रिट निवेदन दर्ता गरेको छ । पदमुक्त हुनु अघि जनता समाजवादी पार्टीबाट सांसद रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको रिट दर्ता भएको हो । गत वैशाख १९ गते नै उनहिरुले सर्वोच्चमा

सवोच्च अदालतको फुल कोर्टले वैशाख ३१ गत संवैधानिक विषयवस्तु जोडिएका र नागरिकको हक अधिकारसँग जोडिएका अन्य खालका निवेदन लिने निर्णय भएसँगै आज रिट दर्ता भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रदेश सरकारमा चार जना मन्त्री भएका थिए । कल्पना पाण्डे बाहेक ३ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए । मन्त्री भएका चार जनालाई जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले एकलौटी निर्णय गरेर पदमुक्त गरेको थियो । 

उक्त निर्णयपछि जसपामा विवाद बढ्दै गएको थियो । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सांसद हटाउने पार्टीले कुनै निर्णय नगरेको दाबी गर्दै आएका छन् । तर यादव र बाबुराम भट्टराईले आफू पक्षीय बहुमत केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षरबाट दल त्याग गरेको भन्दै सांसद पदबाट मुक्त गर्न वैशाख १६ गते लुम्बिनी प्रदेशसभालाई पत्र पठाउनुभएको थियो । पत्र प्राप्त गरे लगत्तै प्रदेशसभा सचिवालयले सांसदहरु मुक्त भएको सूचना जारी गरेको थियो । उक्त निवेदनको सुनुवाइ  सोमबार हुनेछ। 

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६