प्रदेश

अक्सिजन प्लान्ट स्थापना र कोरोना नियन्त्रणमा जुट्न ७ वटा समिति गठन



 कपिलवस्तु ३ जेठ । वाणगंगा नगरपालिकाले नगरमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्भाव्यता अध्ययन कार्यदल गठन गरेको छ । कोरोना भाइरसको महामारीका विच अक्सिजन अभावका कारण संक्रमितहरुले ज्यान गुमाइरहेको सम्बन्धमा नगरबासिहरुको जिवन रक्षाका लागि वाणगंगा नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न संभाव्यता अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय भएको हो । वाणगंगा नगरकार्यपालिकाको वैठकले अक्सिजन प्लान्ट पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालको साझेदारीमा कहाँ निर स्थापना गर्ने भन्ने विषयमा टुंगो लगाउन ५ सदस्यीय कार्यदल गठन गरेको हो । 

वाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री संयोजक रहनुभएको कार्यदलमा वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेल, वडा नम्बर ८ का अध्यक्ष गुणानीधि भुषाल र वडा नम्बर ९ का अध्यक्ष धु्रब बेल्वासे सदस्यमा रहनुभएको छ। नगरका प्रशासन शाखा प्रमुख केशबराज भटराई कार्यदलको सदस्य सचिव पदमा रहनु भएको छ । कार्यदलले एक हप्ता भित्र अध्ययन प्रतिवेदन कार्यपालिकामा पेश गर्नेछ । 

वैठकले एक हप्ता भित्र १ हजार जना नगरबासिको पिसिआर परिक्षण गर्ने निर्णय समेत गरेको छ । कोभिड प्रभावितहरुलाई गर्ने सहयोग एकद्धार प्रणालीबाट दिने पनि निर्णय भएको नगरपालिकाले जनाएको छ । जिन्सी दिनेले नगरको जिन्सी शाखामा उपलब्ध गराउने तथा नगद दिनेले नगरको राष्टिय वाणिज्य वंैक जितपुर शाखामा रहेको कोभिड व्यवस्थापन समितिको खातामा खाता नम्बर ०४१५ ६०१ ६०९ १७७ ०११ मा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको बताइएको छ । 

कार्यपालिका वैठकले कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कामलाई प्रभावकारी बनाउनको लागि विभिन्न समितिहरु सात वटा गठन पनि गरेको छ । नगर प्रमुख मंगल थारु संयोजक, उपप्रमुख चक्रपाणी अर्याल, वडा अध्यक्षहरु, मुख्य राजनीतिक दलका नगर स्तरका प्रतिनिधीहरु, कपिलवस्तु उद्योग वाणिज्य संघ र सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रतिनीधि सदस्य हुने गरि अनुगमन समिति गठन गरिएको छ । 

उप प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा,  वाणगंगा ८ का वडाध्यक्ष गुणनीधि भुषाल कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, युनाइटेड नेस्नल अस्पतालका सुन्दर आचार्य, सि एण्ड सि अस्पतालका गोपाल घिमिरे, नेपाल तरुण दलका शक्ति सिंह ठकुरी, प्रकाश घिमिरे र कृष्ण चालिसे सदस्य रहने गरि अस्पताल तथा संघ संस्था समन्वय समिति पनि गठन भएको छ । 

नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा वडा ७ का अध्यक्ष विष्णु गिरी, वडा ११ का अध्यक्ष सोमनाथ अर्याल, वडा ५का अध्यक्ष भिष्मराज भुषाल वडा नम्बर ३ का अध्यक्ष सन्तराम रौतार, पत्रकार महासंघका प्रतिनीधि  र वाणगंगामा रहेका सम्पूर्ण मिडियाका प्रतिनिधी सदस्य रहने गरि प्रचार प्रसार मिडिया व्यवस्थापन तथा सूचना संञ्चार समिति गठन गर्ने निर्णय भएको वाणगंगा नगरपालिकाले जनाएको छ । 

वाणगंगा ४ का अध्यक्ष गणेश बहादुुर क्षेत्रीको संयोजकत्वमा कपिलवस्तु उद्योग वाणिज्य संघ, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु जेसिज, वाणगंगा यातायात व्यवसायी समिति, रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन, लायन्स क्लब कपिलवस्तु, लयान्स क्लब वाणगंगा, नागरिक समाज कपिलवस्तु, वाणगंगा वोयफेयर सोसाइटी र कपिलवस्तु सामुदायिक अस्पतालका प्रतिनिधी सदस्य रहने गरि अक्सिजन व्यवस्थापन समिति गठन गरिएको छ ।

नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वामा वाणगंगा यातायात व्यवसायि समिति, नेपाल रेडक्रस सोसाइटी, कपिलवस्तु जेसिज, सिएण्ड सी अस्पताल, शान्ति सिर्जना युवा नेपालका प्रतिनिधी सदस्य रहने गरि एम्बुलेन्स तथा यातायात व्यवस्थापन समिति पनि गठन भएको छ । वाणगंगा ५ का वडाध्यक्ष  भिष्मराज भुषालको संयोजकत्वमा वडा नम्बर १, ४, ८, ९ र ११ का वडाध्यक्ष, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख खेमराज शर्मा सदस्य रहेको आइसोलेसन तथा स्वास्थ्य सामग्री व्यवस्थापन समिति गठन भएको छ । र वडा ११ का वडाध्यक्ष सोमनाथ अर्याल संयोजक रहनेगरि वडा नम्बर  २, ६ र ७ का अध्यक्ष सदस्य रहने गरि शव व्यवस्थापन समिति गठन भएको छ । 

वैठकमा नगरको शिक्षा युवा तथा खेलकुद शाखाले तयार पारेको २०७८ सालको भित्ते पात्रो समेत विमोचन मेयर मंगल थारु र उप मेयर चक्रपाणी अर्यालले संयुक्त रुपमा विमोचन गर्नुभएको छ । कार्यपालिका वैठकले कोरोना संक्रमण जोखिम कायमै रहेकोले घर भित्रै बसेर र निषेधाज्ञा अवधीभर बाहिर निस्कनै परे पनि विभिन्न स्वास्थ्य सावधानी अपनाएर मात्रै निस्किएर कोरोना संक्रमणदर नियन्त्रण गर्न नगरलाई सहयोग गर्न सम्पूर्ण नगरबासिमा अपिल गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६