प्रदेश

लुम्विनीमा राष्ट्रिय सभाको आज मनोनयन :दुवै तर्फ गठबन्धन बन्यो



रूपन्देही ४ जेठ। लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनको मंगलबार उम्मेदवारी मनोनयन हुने भएको छ । आउँदो जेठ १७ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन मंगलबार हुने भएको हो । प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्दैले दलत्यागको निवेदनको आधारमा सो पद रिक्त भएको थियो ।

आगामी निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवारको रुपमा अघि सारेको छ भने कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले कपिलवस्तुका दीर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

एमालेले खड्कलाई नै उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रतिनिधि सभा संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए । यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका दीर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।

जसमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको स्थानीय नेताहरुको भनाइ छ । नेपालपक्षमा लागेका एमाले सभासद र स्थानीयतहका पदाधिकारीलाई पार्टी एकाकाररुपमा अगाडि बढीसकेकाले एमालेको एकल मतभार बलियो भएको एमालेको दावी छ ।यता केन्द्रीय स्तरमा देखिएको एमाले जसपा ठाकुर समूह र राप्रपा बीच गठबन्धन वनेमा एमालेका लागि धेरै सहज हुनेछ। 

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६