जीवनशैली

९१ वर्षीया उपमेयर शान्तिले कोरोना जितेपछी भनिन् जनताको माया र मेरो आत्मविश्वासले जिते



वीरगन्ज : ९१ वर्षीया शान्ति कार्की  १४ दिन अस्पताल बसेपछि कोरोना जितेर बिहीबार घर फर्किएकी छन्।  घर फर्किदै गरेकी कार्कीले भनिन् ,‘मेरो मनमा कोरोनाले मर्छु भन्ने त एकपटक पनि ख्यालै आएन।’ आत्मबल बलियो पारे कोरोनालाई सहजै जितिने उनको अनुभव छ।

उनले भनिन्,‘मेरो मनमा यत्ति मात्र थियो, कोरोनाले मलाई होइन, मैले नै कोरोनालाई पछारेरै छाड्छु। त्यही साहसले मैले कोरोना हराए ।’ कार्की वीरगन्ज महानगरपालिकाकी उप्रप्रमुख हुन् ।

अस्पताल  रहँदा आफूले कहिले पनि मनोबल कमजोर नपारेको उनले सुनाइन् ।  कार्कीले भनिन्, ‘सम्पूर्ण महानगरवासीको शुभेच्छा र  आर्शिवादले पनि काम गर्‍यो । ‘धर्तीमा जन्म लिएपछि एक न एक दिन मर्नैपर्छ], कार्कीले भनिन् ,‘कोरोना लाग्यो अब त म मरिहाल्छु भनेर मनमा डर राख्ने होइन, मैले कोरोनालाई हराउनैपर्छ भन्ने संकल्प लिनुपर्छ, निको अवश्य हुन्छ।’

कार्की वैशाख २३ गते कोरोना संक्रमित भएकी थिइन् । संक्रमण पुष्टि भएको भोलिपल्ट वैशाख २४ गते कार्की वीरगन्ज महानगरपालिकाले गोपालमण्डली अतिथी सदनमा सञ्चालन गरेको कोभिड अस्थायी अस्थायी अस्पतालमा भर्ना भएकी थिइन् ।

महानगरपालिकाले वैशाख २४ गतेदेखि अतिथी सदनमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा पहिलो बिरामीका रुपमा कार्की नै भर्ना भएकी थिइन् ।  १४ दिनको उपचारपछि बुधबार दोस्रो पटक उनको पीसीआर परीक्षण गरिएको थियो ।

नरायणी अस्पतालको प्रयोशालाले बुधबार साँझ दिएको रिपोर्टमा कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो पटकको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले कार्कीलाई अस्पतालबाट बिहीबार बिहान डिस्चार्ज गरेर घर पठाइएको उपचारमा संलग्न डाक्टर नीरज क्यालले  बताए ।

बिहीबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएपछि कार्कीलाई नगर प्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले फूलको गुच्छा दिएर अस्पतालबाट बिदा गरेका हुन् ।

अस्पतालबाट डिस्चार्जपछि माइस्थानस्थित भाउजू राधा कार्कीको घरमा गएको नगर प्रमुख सरावगीले जानकारी दिए । कार्कीले दुई चार दिन आराम गर्ने र त्यसपछि काममा फर्कने बताइन् । 

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६