जीवनशैली

माओवादी नेतालाई गोली प्रहार गरेको आशंकामा ७ जना पक्राउ:५ सदस्यीय छानविन समिति गठन



कपिलवस्तु ६ जेठ ।कपिलवस्तुमा माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका( १ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउ सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

घटनास्थलबाट १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको डिएसपी भण्डारीले बताउनु भयो पाण्डेको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको छ भने पाण्डेसँगै मोटरसाइकलमा रहेका २६ वर्षका भारतीय नागरिक इयाज अख्तर मुसलमानको पाखुरामा गोली लागेको छ ।  तौलिहवातर्फ जाँदै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले सडवामा मोटरसाइकल रोकेर गोली हानेको डीएसपी भण्डारीले जानकारी दिनुभयो । घाइतेको भैरहवामा रहेका मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यता नवलपरासी (पश्चिम) मा बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ ।गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनु भयो ।

समितिलाई घटनाको सत्यतथ्य सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरसहित केही युवा सीमावर्ती नाकाबाट भारत जान खोज्दा प्रहरीले रोकेपछि झडप हुँदा स्थानीय २३ वर्षीय अविनाश राजभरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।समितिका सदस्यहरु आज–भोलीमै जिल्लामा आउने र छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६