कपिलवस्तु ६ जेठ । कपिलवस्तु नगरपालिकाकाले आईसियु जडित सुबिधा संपन्न एम्बुलेन्स खरिद गर्ने भएको छ । बिहीवार नगर कार्यपालिकाको बैठकले अहिलेको बिषम परिथितिलाई मध्यनजर गदै बिरामीको स्ुबिधाकालागि अत्याधुनिक एम्बुलेन्स किन्ने निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिए ।
‘ जिल्लामा सुबिधा संपन्न एम्बुलेन्स नहुदा बिरामीहरुलाई अस्पताल पुरेयाउन समेत गाहूोृ परको हुने गरेको छ ’ मेयर सिंहले भने ‘ अहिलेको स्थिति र भबिक्ष्यालई ध्यान दिइ एम्बुलेन्स किन्ने निर्णय गरेका हौ ’ । एम्बुलेन्स किन्नकालागि नगरपालिकाको सामाजिक विकास संयोजक प्रकाश गैरेकोे संयाजकत्वमा खरिद समिति निर्माण गरिएको छ ।
समितको सदस्यमा वडा अध्यक्ष सुदीप पौडेल, नागरिक अगुवा रबि ठाकुर, लेखा अधिकृत बलाराम न्यौपाने र इ्रन्जीनीयर राजेश सैनी रहेको छन । समितिका संयोजक प्रकाश गैरेले सुबिधा संपन्न एम्बुलेन्स खरिदकालागि प्रकृयाअघि बढाउने बताए । नगरपालिकाले अक्सिजन प्लानटकालागि छुट्टाएको रकमबाटै सो एम्बुलेन्स खरिद गर्न थालिकाएको हो ।
संघीय सरकारले कपिलवस्तु अस्पतालाई अक्सिजन प्लान्ट निर्माणकालगि ढेड करोड छुट्टाए पछि नगरपालिकाले आफुले छुट्टाएको एक करोड रकमबाट एम्बुलेन्स खरिद गर्न लागिएको हो । कोरोनो तेश्रो लहरकालागि अहिले देखि नै नगरपासिलका सजह रहेको र राहत बितरण तथा अन्य काम समेत नगरपालिकाले गर्ने मेयर सिंहले बताए । यता कोरोना संक्रमित संख्या बढेसंगै उपचारमा समस्या आए पछि लुम्बिनी स्थित बोधी ईनीस्टीच्युटले कपिलवस्तु अस्पताललाई २ वटा अक्सिजन कनसनट्रेटर प्रदान गरेको छ ।
पिपिई, मास्क, सेनीटाईजर, भिटिएम किट, तथा अस्पतालका कर्मचारीर्लाई एक महिना सम्म खाजाको ब्यवस्था गरिएकोछ । नेपाल र सशस्त्र प्रहरीलाई मास्क र सेनीटाईजर समेत उपलब्ध गराएको छ । लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्राध्यापक गुनाखर गैरेको पहलमा सो सामाग्री उपलबध गराइएको हो ।
अस्पतालमा अक्सिजनको अभाव भईरहेका बेला बोधी ईनस्टीच्युटले सो सामाग्री उपलबध गराएको गैरेले बताउनु भयो । उहाले कपिलवस्तु अस्पतालाई थप २० वटा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने तयारी भएको बताउनुभयो ।
प्रतिक्रिया