अर्थ-वाणिज्य

महिलाको औला काटेर हत्या गर्ने ८ जना कारागार चलान



तौलिहवा ८ जेठ ।  ठूलो आर्थिक प्रलोभनको भ्रममा परेर महिलाको हत्या गरि हातका औलाहरु काटेर बिक्री गर्ने गिरोहमा संलग्न ८ जना पुर्पक्षका लागी कारागार चलान भएका छन ।कपिलवस्तु अदालतको आदेशमा गिरोहमा संलग्न ८ जनालाई पुर्पक्षका लागि कपिलवस्तु कारागार चलान गरिएको हो ।कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका सँगै सिमा जोडिएको रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नम्बर ५ मनहरपुर बुडन्तपुर स्थित माईती घरमा बस्दै आएकी ४२ बर्षिय सरजहाँ दर्जी चैत्र १२ गते राती एकाएक घरबाट हराएकी थिईन ।

प्रहरीले चैत्र २० गते कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को बेतिया नदीमा बोरामा हालेर चार वटा ढुङ्गा समेत राखी फालिएको अवस्थाको उनको शव फेला पारेको थियो । बोरामा हालेर फालिएको महिलाको लासमा दुबै हातका बुढी औला बाहेकका आठ औंला काटिएको अवस्था थियो । अनुसन्धानको क्रममा सरजहाँ दर्जीलाई शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बेतिया नदी छेउको चौरमा लगी गफ गरेर केहि बेर पछि हत्या गरेको खुल्न आएको थियो 

उनलाई घटनास्थलमा बोलाउनेहरुमा कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका २ का अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमान थिए । चउरमा लगी गफगाफ गरेको दुई घण्टाकै अवधीमा दुबै जनाले मिलेर सरजहाँ दर्जीको घाटी थिचेर हत्या गरेको खुलेको थियो । हत्या पश्चात बेलालले उनका आठ औंला काटेको र दुबै जना मिली बोरामा हालेर बेती नदीमा फालेका थिए । अनुसन्धानका क्रममा हत्या गरि निज महिलाका हातका औलाहरु काटेर ल्याएमा प्रति औंला ७०/८० लाख मुल्य पर्ने भ्रमपुर्ण हल्लाको बिश्वासमा हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएकोछ 

घटनामा संलग्न तान्त्रिक सहित ८ जनालाई प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा आएकामा कलाम र बेलाल सगै तान्त्रिक पेशामा रहेका रुपन्देहीको शियारी गाँउपालिका ५ का जमिल अहमद देवान थिए । उनीहरु सँगै घटनामा संलग्न रहेका कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका ५ शिवलवाका कृष्ण कुर्मी र राम हरक यादव तथा वडा नम्बर ४ का सत्य नारायण बढई, नवलपरासी पुर्वको मध्यबिन्दु नपा ७ का खेम बहादुर मल्ल र रुपन्देही जिल्लाको सैनामैना नगरपालिका १ बनकट्टाका ६७ बर्षिय कर्ण बहादुर सुनार रहेका छन ।

महिलाको हत्या पश्चात औला काटी हत्यागर्ने संगठित गिरोहमा संलग्न ८ जना लाई जिल्ला अदाालत कपिलवस्तुबाट संगठित अपराध, कर्तव्य ज्यान तथा मानव बेचबिखन तथा ओसार पसार कसुर मुद्दामा पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश अनुरुप कपिलवस्तु कारागार चलान गरिएको हो । यसरी रकम पाउने कुनै आधार प्रमाण पुष्टि नभएको र केवल चलाइएको हल्लाका भरमा महिलाको हत्या गरेको यस अघि नै पुष्टि भएको प्रहरी उपरिक्षक नवराज अधिकारीले वताउनु भएको थियो ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६