जीवनशैली

तपाइहरु बहुमत पुराएर सरकार बनाउनोस म प्रतिपक्षमा बस्न तयार छु: ओली



काठमाडौं ७ जठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने र नयाँ बनाउनेमा राजनीतिक दलहरु केन्द्रित हुँदा आफूले काम गर्न नपाएको आरोप लगाएका छन्। साथै, प्रतिपक्षीहरुलाई सरकार बनाउन चुनौती समेत पेश गरेका छन्। २४ घन्टा दिइएको छ। मिलेर सरकार बनाउनुस्। म प्रतिपक्षमा बस्न तयार छु ओलीले आज पत्रकारहरुसँग बालुवाटारमा भने, प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु। बनाउनुस् सरकार।

प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुका गतिविधिले काम गर्न नपाएको आरोप लगाए। काम गर्ने वातावारण नभएपछि नै आफूले संसद विघटन गरेको भन्दै पुस ५ गतेको निर्णयलाई पुनस् सहि ठहर्‍याउने प्रयास गरे।  वैकल्पिक सरकार पनि दिन नसक्ने मेरो आग्रह त्यो सफल नभएपछि विश्वासको मत मागेँ। विश्वासको मत नदिनको लागि राष्ट्रिय राजनीतिमा यस्तो फोहोरी चक्रब्यूह भयो,ु प्रधानमन्त्री ओलीले भने।

महाभारतमा अभिन्युनको हत्या भए झै दलहरु बिचमा नै दलीय अनुशासन नै छोडेर दलहरु भित्र नै गुटगत गतिविधिको आरोप लगाए उनले। दलभित्र नै विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयास भएको आरोप लगाउँदै उनले आफूले नचाहँदा पनि संविधानले फेरि प्रधानमन्त्री बनाएको जिकिर गरे।

अविश्वास राख्ने अवस्थामा दलहरु छैन। मैले विश्वासको मत पाउने अवस्था भएन। विश्वासको मत पर्खिएर समयले च्यापेको हुँदा बैकल्पिक सरकार बन्ने मार्ग प्रशस्त गरेको हुँ। यसमा षड्यन्त्र कहाँ भयोरु, प्रधानमन्त्री ओलीले प्रश्न गरे।बैकल्पिक सरकार बनेमा स्वागत गर्ने प्रधानमन्त्रीले दावी गरे। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार बनाउन आग्रह गरेको पनि सुनाए।

त्यस्तै, आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन समेत आह्वा गरेको उनले जानकारी दिए।राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ ९५० अनुसार नयाँ सरकार गठनको आह्वान गरेको कुरा कुनै नौलो र अचानक नआएको समेत उनले दावी गरे।

उठाए बजेटको सन्दर्भ

प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत पाउने अवस्था नभएको र विश्वासको मतको प्रक्रियामा जाँदा बजेट प्रभावित हुने भएकाले संविधानको धारा ७६ (५) अन्तर्गतको नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको स्पष्टीकरण दिए।‘जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। त्यसअगावै साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्छ। आज ७ गते भइसक्यो। विश्वासको मतको प्रक्रियामा जाँदा १२र१४ गते पुग्छ।

१४ गते नयाँ सरकार आएर नीति तथा कार्यक्रम कसरी ल्याउँछ। बजेट कसरी ल्याउँछरु’ओलीले प्रश्न गरे, ‘समय नभएकाले हामी अगावै वैकल्पिक सरकारको बाटोमा अघि बढेका हौं।’ओलीले समय नै नभएकाले आज साँझ ५ बजेसम्मलाई समय दिइएको संकेत पनि गरे। ओलीले संसद विघटन गर्ने आफ्नो कुनै उद्देश्य नभएको पनि दाबी गरे। वैकल्पिक सरकार बनाउन आह्वान गर्दै प्रश्न, ‘कसरी संसद विघटन हुन्छरु महामारीको बेला सस्तो राजनीति उपयुक्त छैन।’

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६