पर्यटन

प्रधानमन्त्रीमा १५३ को समर्थन रहेको भन्दै ओलीद्धारा दावि प्रस्तुत



काठमाडौं ७ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत सांसदहरूको समर्थन सहित नयाँ सरकारको शीतलनिवास पुगेर बुझाएका छन्।विपक्षी दलका नेताहरुले राष्ट्रपतिलाई नभेट्दै प्रधानमन्‍त्री ओली शीतलनिवास पुगेर १५३ जना सांसदहरूको हस्ताक्षर बुझाएका हुन्।प्रधानमन्‍त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा )एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको जानकारी दिएका छन्।

रिमालका अनुसार दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन्। विपक्षी गठबन्धनभन्दा पहिले नै ओलीले आफ्नो दाबी प्रस्तुत गरेको रिमालले बताएका छन्।विपक्षी नेताहरूले राष्ट्रपतिसँग भेट्नका लागि समय कुरिरहेकै बेला ओलीले एक घन्टाजति राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर शीतलनिवासबाट बाहिरिएका छन्।विपक्षी दलका नेताहरु पनि १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारको दाबी बोकेर शीतलनिवास पुगेका छन्।

विपक्षी गठबन्धनले बुझाउन तयार गरेको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमालेका केही सांसदहरूले आफूहरू त्यो प्रस्तावमा सहभागी नभएको बताएका छन्।विपक्षी दलको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताब गर्ने तयारी गरेका छन्। संविधानको धारा धारा ७६(५)  अनुसार वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले शुक्रबार बेलुका पाँच बजेसम्मको समयसिमा दिएकी छिन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि  १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६