प्रदेश

स्वतन्त्र राजनैतिक समुहद्वारा शहिद घोषणाको माग



नवलपरसी ८ जेठ । सशस्त्र प्रहरीको गोली लागी मृत्यु भएका नवलपरासीका अभिनाश राजभरलाई शहिद घोषणा गर्न र दोषीलाई कारबाही गर्न स्वतन्त्र राजनितिक समूहले माग गरेको छ ।बुधबार विहान साढे ९ बजे सुस्ता गाउँपालिका ५ बनकट्टी सीमा स्थित नथुई नाकामा स्थानीय र शसस्त्र प्रहरीबीच भएको झडपका क्रममा उनको मृत्यु भएको थियो ।

समूहले जारी गरेको विज्ञप्तिमा राजभरलाई तत्काल शहिद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन र घटनाको छानबिन गर्न गठित समितिले घटनाको सत्यतथ्य छानबिन गरि दोषिहरुलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरिएको छ । त्यसैगरि स्वतन्त्र राजनीतिक समूहले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई यसबारे ज्ञापनपत्र समेत बुझाएको छ ।प्रतापपुर ६ कठहवाँ बस्ने २२ वर्षीय अविनाशको मृत्यु बारे राष्ट्रिय मानवअधिकार आयोगले समेत चासो व्यक्त गरेको छ ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६