कपिलवस्तु ८ जेठ । कपिलवस्तुको जीतपुर स्थित एकमात्र सामुदायिक अस्पतालमा पछिल्लो एक महिना भित्र आउने विरामी मध्ये ९५ प्रतिशत कोभिड संक्रमणका लक्षण सहित आउने गरेको अस्पतालका प्रमुखडा.नविन तिरुवाले वताउनु भएको छ । उहाले अवस्था हेरेर पिसिआर गर्न पठाउने वा लक्षण अनुसारका औषधी दिएर पठाउने गरिएको जानकारी दिनु भयो ।
कपिलवस्तु जिल्लामा समुदाय स्तरबाट सञ्चालित कपिलवस्तु सामुदायिक अस्पतालले कोभिड संक्रमितहरुको उपचारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।कोभिड संक्रमितहरुको उपचारमा नीजि अस्पतालहरु डराई रहेको अवस्थामा कपिलवस्तु सामुदायिक अस्पतालले कोभिड संक्रमित र अन्य विरामीहरुलाई छुट्टा छुट्टै स्थानमा उपचार गरि कोभिड नियन्त्रणमा महत्वपूर्ण भमिका निर्वाह गरेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सेनले जानकारी दिनुभयो ।
कोरोना संक्रमण भएका सामान्य उपचार आवस्यक परेका विरामीहरु धेरै जसो अस्पताल आउने गरेका छन् । जटिल स्वास्थ्य समस्या भएका विरामीहरुलाई अन्य कोभिड अस्पतालमा रिफर गर्ने गरेको र अन्यत्र बेड तथा अक्सिजन नपाउने विरामीलाई भने अक्सिजन सहितको स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।
उपचारमा आएका संकास्पद कोरोनाका विरामीहरुलाई आधारभूत स्वास्थ्य उपचार पछि वाणगंगा नगरपालिकाले व्यवस्था गरेको सिद्धार्थ क्याम्पसको आइसोलेसनमा निशुल्क पिसिआर परिक्षण गर्न पठाउने गरेको पोखे्रलले जानकारी दिनुभयो ।कोभिडको दोस्रो लहरमा मात्रै कपिलवस्तु सामुदायिक अस्पतालमा झण्डै ३०० जना कोरोना संक्रमितहरुले उपचार गराएको अस्पतालले जानकारी दिएको छ । त्यसरी उपचार गर्न आएका संक्रमितहरु कतिपयलाई निको पारिएको र कतिपयलाई रिफर गरिएको अस्पतालको भनाई छ।
कोरोना संक्रमितहरुको भिड भाडका कारण सरकारी अस्पताल कोरोना अस्पताल र आइसोलेसन सेन्टरहरुमा विरामीहरुले उपचार नपाएर ज्यान गुमाई रहेको अवस्थामा कपिलवस्तु सामुदायिक अस्पतालले गरेको यस किसिमको स्वास्थ्य सेवा प्रति सेवा ग्राही भने खुसि भएका छन् ।
प्रतिक्रिया