कपिलबस्तु
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने बर्ष ३३ का साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घटनाका मु्ख्य नाइके यादव जनता समाजवादी निकट विद्याथी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्वीनी प्रदेश अध्यक्ष र पार्टी लुम्विनी प्रदेश संसदीय दल नेता सहसराम यादवका स्वीय सचिव समेत हुन । नेता पाण्डेको पेटमा २ राउण्ड गोली प्रहार प्रहार भएको थियो ।
घटनामा संलग्नबाट लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, एक थान जंगी राउण्ड थान, एक थान खोका पनि बरामद गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । आरोपित यादवले व्यक्तिगत झगडाका कारण गोली हानेको स्विकार गरेको प्रहरीले जनाएको छ । बुधवार राती ११ बजे भएको घटनाको प्रहरीले बिहिवार दिउसो १२ बजे संदिग्ध व्याक्तीको पहिचान गरेको थियो ।
नेता पाण्डे कपिलबस्तु नगरपालिकाको सडवाबाट तौलिहवा तर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । पाण्डेसंगै रहेका अर्का भारतीय नागरिक मोहमद ईसाद खान पनि घाइते भएको र उनको अबस्था भने सामान्य रहेको छ । तर पाण्डेको शरीर को दुई स्थानमा गोली लागेको र गोली प्रहार लगत्तै उनलाई कपिलवस्तुमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अबस्था गम्भीर रहेको बताइएको छ ।
प्रतिक्रिया