कपिलवस्तु
कोरोनाको जस्तै लक्षण देखिए पछि कपिलवस्तु नगरपालिका १ तौलिहवाका ४२ वर्षका ज्ञानेन्द्र सिलवाल कपिलवस्तु अस्पतालमा उपचारका लागि पुग्छन् । स्वास्थ्यमा गम्भिर समस्य देखिए पछि उनलाई अस्पतालको आइसियु र भेन्टिलेर कक्षमा उपचार गरिनछ । १२ दिन पछि उपचार कै क्रममा उनको निधन हुन्छ । तर उनको पिसीआर परिक्षण गर्दा भने रिपोर्ट नगेटिभ आउछ । मृतकका परिवारले कोभिडकै शंका गरी नगरपालिकाको सहयोगमा शव व्यवस्थापन गर्छन ।
परिवारको सदस्यको मृत्य्ु भएको पिडाँमा परेका उनी अस्पतालको विल देखेर थप पिडामा हुन्छन् । उपचारका लागि अस्पतालमा मात्र १ लाख २७ हजारको विल तिर्नु परे पछि उनले सरकारी अस्पतालको दस्तुर निकै मंहगो भएको महशुस गर्छन । मृतकका भजिता सुभास रावलले जेठ २ गते सम्पुर्ण बिल रकम एकै पटक भुक्तानी गरेका थिए । उनले अक्सीजन प्रयोग गरे वापत ९६ हजार ७ सय ५० रुपैयाको विल भुक्तानी गरेका छन् । तर उनले आइसियु र भेन्टीलेर प्रयोग गर्दा जम्मा २९ हजार ६ सय रुपैया विल आएको थियो । आइसियु चार्ज प्रति दिन १८ सय र भेन्टिलेर चार्ज प्रतिदिन ३८ सय रहेको छ ।
उपचार गराउँदा धेरै खर्च अक्सिजनमा गए पछि रावल परिवारले अक्सीजन प्रयोगमा सहुलियत दिन सरकारले ध्यान दिनु पर्ने बताउछन् । ‘यती महंगो भए पछि सामान्य मानिसले सरकारी अस्पतालको विल तिर्न सक्दैन । हामी मध्यम परिवारका थियौ जेन तेन भए पनी तिर्यौ तर गरिव जनतालाई समस्या पर्यो विल तिर्न नसकी प्राण जाने देखियो । सरकारले तत्काल सोच्नु पर्छ, ’ उनले भने ।
यता घटना बाहिर आए पछि कपिलवस्तुका अधिकारकर्मीहरुले समेत चासो दिएका छन् । सरकारी अस्पतालमा समेत अक्सीजनको पैसा तिर्न गारो देखिए पछि तत्काल ३ तहको सरकारले गम्भिरता पुर्वक हेर्नु पर्ने मानव अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले बताए । अस्पतालमा अक्सीजन व्यवस्थापनका लागि जिल्लामा नागरीक समुदायले समेत सहयोग गरेको हुँदा सरोकारवाला निकायको तत्काल ध्यान जानु पर्ने ठाकुरले भने ।
यता अस्पतालका मेडिकल कोअर्डिनेटर डा गणेश क्षेत्रीले कोरोना संक्रमितको मात्र उपचार निःशुल्क हुने बताए । मृतकको रिपोर्ट नेगेटिभ आएको कारणले अस्पतालले निर्धारण गरेको शुल्क लिएको बताए । विल रकम धेरै देखिए पनी अन्य सरकारी अस्पतालमाको शुल्क भन्दा सस्तो रहेको छ । तिर्न नसक्ने हैसियत भएका विपन्न नागरीक आउदा छुट दिने गरेको डा क्षेत्रीले बताउनु् भयो ।
प्रतिक्रिया