प्रदेश

राजनैतिक र कानुनी लडाई लड्ने सर्बदलिय निष्कर्ष



काठमाडौँ  ८ जेठ । प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी पाँच दलले कानूनी लडाइ लड्ने भएका छन् । शनिवार बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको संयुक्त वैठकले कानूनी लडाई लड्ने निर्णय गरेका हुन् ।संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी  दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको विरोधमा रहेका यी दलहरुको बैठक बसेको थियो । 

महामारीमा सबै राजनीतिक शक्ति र राष्ट्रलाई एकताबद्ध रुपमा अगाडि बढाउनुपर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गर्ने जस्तो गैरजिम्मेवार कार्य भएको विपक्षीहरुको आरोप छ । उनीहरुले निर्वाचन नगराउन र निरंकुश सत्ता लम्ब्याउनको लागि मात्र चुनावको घोषणा गरिएको उल्लेख गरेका छन् । 

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६