प्रदेश

एक महिनापछिको ब्रेकले राहत : संक्रमणदर दैनिक १ हजारवाट घटेर २ सय भन्दा कम



रुपन्देही  ८ जेठ रुपन्देहीमा कोरोना संक्रमणमा पहिलो ब्रेक एक महिनापछि लागेको छ ।  जस अनुसार संक्रमणदर दैनिक १ हजारवाट घटेर २ सय भन्दा न्यून संख्यामा पुगेको छ । रुपन्देहीमा झण्डै एक महिना पछि दैनिक संक्रमणदर २ सय भन्दा कममा झरेको छ । शनिवार रुपन्देहीमा १ सय ६७ जना संक्रमित  थपिएका छन् । यस अघि बैशाख ९ गते ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। त्यसको भोलीपल्ट २ सय २७ संक्रमित थपिएका थिए । त्यस यता लगातार जसो संक्रमित थपिने क्रम बढेको थियो ।

बैशाख २९ गते उच्च विन्दुमा पुगी ९ सय ७ संक्रमित थपिएका थिए । केही दिन यता भने संक्रमित थपिने दरमा कमीआइ आज २ सय भन्दा कममा झरेको हो । यता संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या पनि जेठ महिनाको सुरुवातदेखि बढ्दै गएकोले सक्रिय संक्रमितको संख्या पनि घटदै गएको छ ।एक साता अघि ७ हजार एक सय सक्रिय संक्रमित रहेको रुपन्देहीमा आज घटेर ५ हजार १ सय ९४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पताल र होम आइशोलशेनबाट ५३१  जनाले कोरोना जितेका छन ।

पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ६७  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । कार्यालयका कोभिड फोकल पर्सन केदारनाथ शाहका अनुसार ६ सय ४० जनाको विभिन्न ल्याबबाट पिसिआर परिक्षण गर्दा ७६ जना महिला र ९१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

संक्रमणमा कमि आएकोले परिक्षण गराउनेको संख्यामा पनि कमि आएको छ । पिसिआर परिक्षण गरेको मध्ये  २६ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बुटवलमा ४९ जनामा संक्रमण देखिएको छ, त्यस्तै तिलोत्तमामा २९ जना, सिद्धार्थनगरमा २४ जना, सैनामैनामा ३१ जना, देवदहमा १० जना नयाँ संक्रमित थपिएका छन् ।

ओमसतियामा ६, रोहिणीमा ४ जना, सियारी र गैडहवा गाँउपालिकामा ३–३ जना, , सुद्धोधनमा र मायादेवीमा २९२ जना,  लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, कंचन, मर्चवारीमा  र गैडहवा गाँउपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको सम्मरीमाईमा भने आज संक्रमित थपिएका छैनन ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट रुपन्देहीमा  दुई जनाको मृत्यु भएको छ ।  यससँगै मृत्यु हुने संक्रमितको  संख्या ३८८ पुगेको छ । 

कार्यालयका अनुसार हालसम्म २४ हजार ८ सय ४८ जना संक्रमित देखिएकोमा १९ हजार २ सय ६६ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ५ हजार १ सय ९४ जना मध्ये ३३६ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ४ हजार ८ सय ५८ जना होम आइशोलशनमा रहेका छन ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६