अर्थ-वाणिज्य

सेवा र परोकारको अनुपम उदाहरण :संक्रमित सबैलाई घरदैलोमा रोग प्रतिरोधी आहार



कपिलवस्तु ८  जेठ । कपिलवस्तुको बाणगंगामा यतिबेला ४९३ जना सकृय संक्रमित भएका छन् ।यी संक्रमितहरुलाई घरदैलोमा पुगेर भेट्ने काम एकारि जनप्रतिनिधीहरुले गरेका छन् भने अर्काे तर्फ सेवा र परोकारलाई मुख्य ध्यय वनाएका सस्थाहरु सकृय छन् । यहि क्रममा कोरोना महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा सहजता र मनोबल बृद्धिका लागि लायन्स क्लब अफ बाणगंगा र कपिलबस्तु जेसिसले घरघरमा पुगि पौष्टिक तथा रोगप्रतिरोधी क्षमता वढाउने आहार वितरणलाई निरन्तरता दिएको छ ।


 नगर भित्र रहेका सक्रिय संक्रमितको मनोबाल बृद्धिका लागि भेटघाट ,परामर्श संगै औषधि तथा मह र च्यावनप्रास  बितरण गर्दै आईरहेका हो । यसै क्रममा  शनिबार बाणगंगा नगरपालिकाको वडा नं.७ र ८ मा रहेका ६२ जना सक्रिय संक्रमितहरुसंग भेटघाट, आवश्यक परामर्श संगै मह र च्यावनप्रास वितरण गरिएको  लायान्स क्लब अफ बाणगंगाका द्धितिय उपाध्यक्ष मनोज कुमार खत्रिले जानकारी दिनुभयो । 


शुक्रबार पनि वडा नंं. ९ मा २७  र ११ मा २२ जना सक्रिय संक्रमितहरुसंग भेटघाट, परार्मश, औषधी तथा मह र च्यावनप्रास वितरण गरेको थियो । यसअघि पनि संस्थाले कोरोना महाबारीबाट बच्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रम, मास्क, स्यानेटाईजर लगाएतका सामाग्री वितरण, र विभिन्न संघ संस्था, उद्योगी व्यपारी व्यवसायीको सहकार्यमा अक्सिजन बैंकको स्थापना समेत गरि सकेको लायन्स क्लब अफ बाणगंगाका अध्यक्ष रमेशचन्द्र भुषालले जानकारी दिनुभयो ।

यस्तै लायन्स क्लब अफ बाणगंगाका सदस्यता बृद्धि संयोजक खिमानन्द पौडेल कपिलले निकट भविष्यमा आईपर्ने विपद तथा महामारीको सामना गर्नका लागि एउटा आईसियू, भेन्टीलेटर सहितका सुविधा सम्पन्न महामारी अस्पतालको अवधारणाका साथ अगाडी बढीरहेको बताउनुभयो  । उहाले महामारीको समयमा सर्वसाधारण, गरिब बिपन्न परिवारमा  भोकमरी समेत बढीरहेको भन्दै  यसको न्युनिकरणका लागि पनि योजना बनाइरहेको उहाले बताउनुभयो ।

पछिल्लो समय यस्तै सामाजिक उत्तरदायित्व निवार्ह गर्दै संचालन भैरहेका कार्यक्रमहरु देखेर अहिले लायन्स क्लब अफ बाणगंगामा युवाहरुको अर्कषण समेत बढेको छ । जसले गर्दा संस्थामा आबद्ध हुने युवाहरु बढेका छन् । लायन्स क्लब अफ बाण्गङ्गा , लायन्स क्लब अफ कपिलवस्तु ,कपिलवस्तु जेसिस ,सिद्धार्थ सामाजिक बिकास केन्द्र , बाडगङ्गा ट्रक यातायात ब्याबसायी समिती , कपिलवस्तु सामुदायिक अस्पताल तथा नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तु लगायतको पहलमा यस अघि अक्सिजन बैंक स्थापना तथा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिसकिएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६