प्रदेश

१३ देशका नेपाली राजदूतलाई परराष्ट्र मन्त्रीको आपत्कालीन निर्देशन



काठमाडौं, ९ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १ जेठमा १३ देशका नेपाली राजदूतसँग भर्चुअल संवाद गरेका थिए ।
उनले खोप, अक्सिजनलगायत स्वास्थ्य सामग्री, औषधि अनुदानमा जुटाउन राजदूतहरूलाई निर्देशन दिएका थिए । बैठकमा चीन, अमेरिका, बेलायत, जापान, फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशका राजदूत सहभागी थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले खोप, अक्सिजन सिलिन्डर, स्वास्थ्य उपकरण अनुदानमा प्राप्त गर्ने प्रयासका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा छलफल गर्न निर्देशन दिएका थिए । विभिन्न मुलुकका मानवीय संस्थाहरू, निजी क्षेत्र तथा नेपाली समुदायसँग थप समन्वय गर्न पनि निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ 

प्रकाशित : ९ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६