ब्रेकिंग न्युज

अवको निशेधाज्ञा सर्वाधिक कडा, कपिलवस्तुमा एक हप्ता थप हुने



कपिलवस्तु 9 जेठ। अवको निशेधाज्ञा सर्वाधिक कडा हुने भएको छ। सोही क्रममा कपिलवस्तुमा एक हप्ता थप हुने तयारी भइरहेको प्रजिअ चक्रपाणी पाण्डेले बताउनुभयो।                   यता गृह मन्त्रालयले आजबाट निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिनघि अध्यादेश जारी गरेसँगै कार्यान्वयन कडाइसाथ गर्न गृह मन्त्रालयले अग्रसरता देखाएको हो ।सनिवार गृह मन्त्रालयमा आयोजित सुरक्षा प्रमुखहरुसंगको बैठकमा गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक संगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतलाई गृहसचिव न्यौपानेले निषेधाज्ञालाई निर्देशन दिएको गृहले बताएको छ ।      कोरोनाको महामारीका कारण देशभरि नै निषेधाज्ञा जारी गरिएको भएपनि कार्यान्वयन फितलो भएपछि अझै कडाईका लागि अध्यादेश मार्फत निषेधाज्ञालाइ ब्यवस्थापन गर्ने सोंच सरकारको छ ।जारी अध्यादेशले जरिवाना र सजायको प्रावधानलाई बढाएपछि सर्वसाधारणले निषेधाज्ञाको पालना गर्ने बिश्वास गृहको छ । यसअघि संक्रामक रोग ऐन २०२० अन्तर्गतको प्रावधानलाई टेकेर जरिवाना र सजाय गरिदै आएको थियोअध्यादेशले निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था गरेको छ । यसैगरी, संक्रामक रोग रोकथामका लागि तोकिएको मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख जरिवाना वा दुबै सजाय हुने ब्यवस्था गरिएको छ । संक्रामक रोग ऐनमा यो व्यवस्था थिएन।यसैगरी अध्यादेशमा मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकैपिच्छे एक सय, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमतिबिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने अधिकार दिएको छ । जुन अधिकार यसअघि प्रमुख जिल्ला अधिकारीबाट हुदै आएको थियो ।  अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायीलाई समेत सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले छ महिनासम्म बन्द गरिदिन पनि सक्ने छन् ।

प्रकाशित : ९ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६