जीवनशैली

जनार्जन शर्माको नयाँ प्रस्ताव : विपक्षीको प्रधानमन्त्री छानौं



काठमाडौं, ९ जेठ । विपक्षी गठबन्धनका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले विपक्षी गठबन्धनको वैठक बसेर नयाँ प्रधानमन्त्री चुन्नु पर्ने प्रस्ताव अगाडि सारेका छन् ।संसद विघटनको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरुले कानुनी र राजनीतिक लडाइ लड्ने निर्णय गरेको अवस्थामा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विपक्षी गठबन्धनका सदस्य प्रभाकरले यस्तो प्रस्ताव अघि सारेका हुन् ।‘सभामुखले बैठक बोलाउने । त्यही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने मेरो प्रस्ताव छ,’ उनले भने, ‘संविधान मिच्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्ताको तस्तै जवाफ दिन यही उपयुक्त हुन्छ ।’

यो प्रस्ताव आफूले दलका शीर्ष नेताहरु समक्ष राखिसकेको पनि उनले बताएका छन् । ‘राजनीतिक रुपमा जवाफ दिने हो भने यस्तै गर्नुपर्छ भनेको छु, तर नेताहरुले मेरो कुरा सुनेका छैनन्,’ उनले भने ।यता सांसद एवम कानुन विद राम नारयण बिडारी भन्छन्, ‘यो गलत हुन्छ, थप अराजकता सिर्जना हुन्छ’सभामुख अग्नि सापकोटाले संसद विघटनको विरोध गरेकाले विपक्षीहरुले उनको साथ पाउनेमा शंका छैन । तर यो संविधानको अनुकूल हुँदैन ।

संविधानमा सरकार गठनको प्रक्रिया धारा ७६ मा र संसद बैठक आह्वान र अन्त्यको व्यवस्था धारा ९३ मा स्पष्ट रुपमा लेखिएको छ ।त्यसैले संवैधानिक कानुनका जानकार समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारी संविधानको व्यवस्था विपरीत जानु गलत हुने बताउँछन् । ‘राष्ट्रपतिले र प्रधानमन्त्रीले संविधान मानेनन् भन्दैमा हामीले पनि किन मान्नु प¥यो भनेर जाने हो भने देशमा थप अराजक स्थिति सिर्जना हुन्छ ।’

प्रकाशित : ९ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६